‘बोक्सी’ आरोप लगाउँदै निर्घात कुटपिट

इनेप्लिज २०७७ भदौ ७ गते १२:२४ मा प्रकाशित

महोत्तरीमा एक एकल महिलामाथि ‘बोक्सी’ आरोप लगाउँदै निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ।महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ७ की ४५ वर्षीया ती महिलालाई स्थानीय दिनेश यादवले आफ्नो छोरालाई जादु र टुना-मुना गरी बिरामी पारेको भन्दै शुक्रबार राति करिब ८ बजे निर्घात कुटपिट गरेका हुन्।

कुटपिटबाट घाइते भएकी ती महिलाको टाउको र ढाडमा चोट लागेको छ। उनी अहिले जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचाररत् छिन्।

https://www.youtube.com/watch?v=2nlImzXwOCE&feature=emb_logo

प्रतिक्रिया