पहिरो प्रभावितलाई सहयोग गर्न कालिकोट पुगे नायक पल शाह

इनेप्लिज २०७७ भदौ ६ गते १७:३२ मा प्रकाशित

नायक पल शाहले कालिकोट पुगेर पहिरो प्रभावितलाई सहयोग वितरण गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्य उक्त सहयोग वितरण गर्न सानो टोलीसहित पल शाह काठमाडौंबाट कालिकोट पुगेका हुन् । कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बाबजुद पल कालिकोट पुगेका हुन् ।

हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानले त्यहाँका ४० परिवार पहिरो प्रभावितलाई खाद्यान्न, बिस्तरा लगायतको सहयोग वितरण गरेको छ । नायक पल शाहले कालिकोट यात्रा क्रममा बाटोमा आफैंले खाना पकाएर खाएका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । कोभिड १९ सँग जुधिरहेका विपन्न नागरिकले विपद्को पनि एकैचोटी सामना गर्नु परेपछि समस्या भएको भन्दै आफुले सक्ने सहयोग सामग्री लिएर कालिकोट पुगेको नायक पल शाह बताउँछन् । बाढी पहिरोका कारण यात्रा कष्टकर भए पनि कालिकोटको पिडा महसुस गरेर सहयोग गर्न पुगेको उनको भनाई छ ।

प्रतिक्रिया