आइतबार, असोज ११ २०७७
काठमाडौं २३:३७
वासिङटन डिसी 13:52

म्याग्नस् कार्ल्सन चेस टुर ग्रान्ड फाइनल

- सुर्य श्रेष्ठ २०७७ भदौ ५ गते २१:२८ मा प्रकाशित

Picture source: Chess24.com
कोरोनाले ब्यापार, ब्यवसाय, रोजगारी मात्र होइन मनोरन्जन र खेलकुद क्षेत्रमा पनि ब्यापक प्रभाव परेको छ । कतिपय खेलकुद गतिबिधि अबरुद्ध भएको छ भने कोरोनाकै कारण चेस (बुद्दि चाल) बिश्व च्याम्पियनशिप प्रतियोगिता रोकिएको छ। फिदे ले गत मर्च् २६, २०२० मा २०२० को सहभागितात्मक् प्रतियोगिता आधा आधि बिचमा स्वस्थ्य सुरक्षाको कारण रोक्नु परेको थियो।अरु खेलकुद जस्तै चेस पनि अबरुद्द हुदा खेलाडिको प्रतिस्पर्धात्मकता, ज्ञान्, शिप र क्षमतामा ब्यापक गिरावट आइ यसप्रतिको आकर्षण र दर्शक बृन्दहरुको सन्ख्यामा कमि आउने पो हो कि भन्ने डर रहेको थियो । तर नया प्रबिधिले गर्दा online match गर्न सम्भब् भएकोले खेल प्रेमिहरु लाइ पुन आशा प्रबाह गरेको छ।

चेस खेलमा कम्पुटरको प्रयोग त धेरै अगाडि भएको थियो जब त्यस बेलाका बिश्व बिजेता गेरि कास्पारोवलाइ मेशिनले पराजित गरेको थियो।साथै प्रबिधिको बिकासले गर्दा अनलाइन खेल्ने, सि क्ने र प्रतियोगीता गर्ने पनि शुरु भैसकेको थियो । तर नेटवर्क लगाएत बिभिन्न शुरक्षा र ईन्टरनेट को भरपर्दो बिश्वसनीयताको अभावले गर्दा बिश्व विजयता स्तरको प्रतियोगीता चुनौतिपूर्ण थियो र अझै पनि त्यतिकै गार्हो र चुनौतिपूर्ण छ।

कोरोनाको बन्द र संकटको समयमा चेस २४ ले बर्तमान बिश्व बिजेता म्याग्नुस् कार्ल्सन् लगायत बिद्यमान उत्कृष्ट खेलाडिहरुको सहभागिता हुने गरि म्याग्नुस् कार्ल्सन् इन्भिटेशनल अप्रिल १८, २०२० मा $२५०,००० पुरस्कार राशी राखेर शुरु गरेको थियो।

त्यस पछि $१५०,००० पुरस्कार राशिको Lindores Abbey Rapid Challenge (May 19 to June 3), Chessable Masters (June 20 to July 5), र Chess24 Legends of Chess, (July 21 to August 5, 2020) सम्पन्न गरेको छ।

माथि उल्लेखीत चारवटा सृंखलाहरुको फाइनल भने भर्खरै अगस्त ९ देखि २० मा अहिले सम्म कै ठुलो पुरस्कार राशी $३००,००० राखेर सम्म्पन्न भएको छ । ग्राण्ड फाइनल नाम दिएर सम्पन्न भएको फाइनल प्रतियोगीतामा पूर्व सृंखलाका बिजेताहरु लगायत उत्कृस्ट खेल खेलेका खेलाडिहरु गरि जम्मा १२ जनाको सहभगिता थियो। १२ जना उत्कृष्ट खेलडिहरुमा ११ राउण्ड एक आपसमा एक-एक राउण्ड खेलाएर बढी पोइन्ट जितेका ४ खेलाडिहरु सेमी फाइनल प्रबेश गरेका थिए । सेमी फाइनलमा Magnus Carlsen-Norwegian GM VS Ding Liren-Chinese GM र Daniil Dubov- Russian GM vs Hikaru Nakamura-American GM भिडेका थिए ।म्याग्नुस् कर्ल्सनले ५ म्याचमा १ हार र ३ जित हाशिल गरेर फाइनल पुगेको थियो भने हिकारु नाकामुराले ५ म्याच मा ३ म्याच जितेर फाइनल प्रवेश गरेका थिए।

फाइनल खेल म्याग्नस कार्ल्सन र हिकारु नाकामुरा बिच अगस्त १४ देखि २० सम्म ७ दिन् ७ म्याच खेलेका थिए । खेल नियम अनुसार सेमि फाइनल ५ म्याच् र फाइनल ७ म्याचमा जस्ले बढी म्याच पोइन्ट ल्याउछ त्यो बिजयी हुनेछ।प्रत्येक दिन ४ खेल खेलाइन्छ जस मध्ये १ खेलमा १५ मिनेट प्लस् १० सेकेन्डस् प्रत्येक चालमा हरेक खेलाडिले पाउछ । पोइन्ट बराबर भएमा २ वोटा खेल blitz match थप् खेलाइन्छ र त्यस्मा पनि पोइन्ट बराबर भएमा Armageddon खेल खेलाएर अन्त गरिन्छ । Armageddon game मा सेतो गोटी लिनेले ५ मिनेट र कालो गोटी लिनेले ४ मिनेट समय पाउछ भने सेतो गोटि लिनेले जित्नै पर्ने हुन्छ भने कालो लिनेले खेल बराबारी गरे पनि जिताइन्छ र थप समय कसैले पनि पाउदैन ।

अगस्त १४ देखि १९ सम्मको खेलमा नाकामुराले अगस्त १४, १६, १८ मा जित हात पारेका थिए भने अगस्त १५, १७ र १९ मा कार्ल्सनले जित फर्काएर पोइन्ट बराबर बनाएका थिए। फाइनलको अन्तिम दिन अगस्त २० मा भने कार्ल्सन ले पहिलो खेल जितेकोमा तेश्रो खेल हारेको र दोश्रो र चारौ खेल बराबरी भएको थियो ।थप २ खेल blitz match मा पहिलो नाकामुराले जितेकोमा दोश्रो हार्न पुग्यो जस्ले Armageddon खेलमा जानु बाध्य भयो । Armageddon मा बराबर भएर कालो गोटिको म्याग्नस कार्ल्सन बिजयी भएको हो ।

Source:Chess24
यसरी कोरोनाको लकडाउन मा पनि झन्डै बिश्व चाम्पियन सरहको प्रतियोगीता सम्पन्न गरेर लाखौं लाख दर्शक, खेल प्रेमी र खेलाडीहरुलाई आकर्षित गर्न सम्भब भएको छ भने ठुलो धन राशिको पुरस्कार बाड्न सफल भएको छ। यो फाईनल चेस टुरले सर्बसाधारण को जिबनमा सुधार ल्याउन भनेर यस अबधिमा बिक्री भएको प्रिमियम सदस्य बिक्री को ५०% KIVA-International Non Government organization लाई दान दिने भएको छ । यस्मा २४ ले यो टुर बाट $५०,००० contribution उठाउने लक्ष्य लिएकोमा ५६० समर्थक हरुबाट $५०,६५१ संकलन गर्न सफल भएको छ । यो टुर को सफलता बाट उत्सहित भएर चेस२४ ले आगमि November 2020 मा अझ ठुलो धन्राशी पुरस्कारका साथ नयाँ टुर ल्याउने घोषणा गरेको छ ।

– सुर्य श्रेष्ठ

प्रतिक्रिया