हिन्दुनारीहरुको सोह्र सिंगारको चाड तिज

इनेप्लिज २०७७ भदौ १ गते २३:३४ मा प्रकाशित

हरितालिका तिज हिन्दुनारीहरुको महान चाड हो। हिन्दुधर्ममा हरितालिका तीजको पौराणिक महत्व छ। यस दिन नारीहरुले आफ्नु श्रीमानको दिर्घायुको कामना गर्दै निर्जल ब्रत बस्ने चलन रही आएको छ। देवादी देव महादेवलाइ खुसि बनाउन आदि शक्ति माता पार्वतीले निर्जल ब्रत बसी महादेवलाइ प्रसन्न बनाउनु भएको र महादेव प्रशन्न भै त्यही दिनबाट हामीले महादेव र माता पार्वतीलाइ अर्धांगिनीको रुपमा पुज्दै आएको कथा पाइन्छ ।

यसदिन नारीहरु सोह्र सिंगारमा सजि निर्जल ब्रत बस्ने चलन रहेको छ। यसदिन महादेवको पुजा गर्ने चलन रहेको छ। छोरी चेलीलाइ माइती बोलाइ उनीहरुलाइ विभिन्न परिकार खुवाएर रमाइलो नाच गानमा माइतीको पुराना यादहरु ताजगी गराउदै उपहार सहित सम्मान अनि खुसि बनाउने चलन रहेको छ ।

कहिले माइती जान नपाउने धेरै दुख पिडाहरु खपी राख्नु भएका महिला दिदिबहिनिहरु यस दिनमा माइतीबाट कोहि लिन आउछ भनि दलनमा बसेर कुर्ने तिजको दिनलाई निकै महत्वका साथ हेरिन्छ। हरेक हिन्दुनारिले जति दुख पिडा भएनी यो दिनलाई आफ्नु खुसि उत्सबको रुपमा लिने गरेको पाइञ्छ। यो चाडलाइ नारिहरुको महानचाड भन्ने गरिन्छ।

ब्रत बस्ने पुजा गर्ने आफ्नु माइती घरमा गइ सुख दुख साट्ने परिकारहरु खाने नाच गान रमाइलो गर्ने यो चाड पनि उत्तरआधुनिकता बाट अछुतो रहन नसकी बिबाद अनि भड्किलो प्रदर्शन ,गहना प्रदर्शनी को रुप अनावस्यक धनरासीको प्रतिस्पर्दाको भनि आरोप आउने गरेको छ। यो पुरुष प्रधान समाज त हो नै महिलाले गरेको सानो सानो गल्तिलाइ पाहाड बनाइ महिला माथि हिसाहरु भै रहेका छन।

ति कुरामा नजरअन्दाज गर्ने समाज महिलाको तीजको खर्चलाइ निकै महत्वका साथ हेर्छ। तथापी हामी महिलाहरुले अरु महिला पाएको दुख अनि हिसामा कति संबेदनसिल छौ। हामि आफ्नु यत्रो ठुलो महत्व बोकेको चाडलाई कता कसरि र किन यस्तो बिबादास्पद बनाउदै गैरहेका छौ हामि पनि सोच्ने कि ?

तीजमा सामान्य छाक पनि नजुर्ने महिलाहरुले हाम्रो खर्चिलो र भड्किलो चाड मनाइले यो एउटा बिशेष महत्व बोकेको चाड माथी उनिहरु विश्वास र आस्था गुम्ने भने जस्तो खानपिन र गहना नहुदा लुकेर बस्ने गरेको पाइएको छ। ति महिलाहरु पनि सहजै हाम्रो रमाइलोमा सहभागी हुनेगरी भब्य चाड मनाउदा हामी विवाद रहित बन्न सक्छौ।

यसको जगेर्ना पनि हाम्रै दायित्व हो जस्तो लाग्छ। हाम्रो भड्किलो र असमान तिज मनाइले कतै यस्तो महान चाडको अवमुल्यन त भाको छैन ?

हाल कोरोना भाइरस कोभिड १९ का कारण विश्वमा महामारी फैलिएको छ हामी पनि यसबाटअछुतो छैनौ। सारा विश्व दुखमा छ। अहिलेको संबेदनशिलतालाइ बुझेरै होला निकै कम तीजका रौनकहरु देखिन्छ सायद यो हाम्रो उत्तरदायित्व पनि हो।

हामी नारिहरुमा उत्तरदायित्व बहन गर्न सक्ने ठुलो शक्ति छ। त्यसैले होला “तीज त फेरी फेरी मनाउला यसपाली घरमै बसी रमाउला ” अहिलेको अवस्था पनि यहि नै छ। सम्पूर्ण हिन्दु नारीहरुमा हारितालिका तिजको हार्दिक शुभकामना ब्यक्त गर्दछु।

मोडेल :अलिशा अधिकारी ,तस्बिर :महेश प्रधान

आरएनआर ग्रुप एलएलसी,युएस

प्रतिक्रिया