गायिका सुनिता दुलालको स्वर तथा रोजा ओलीको शब्दमा ‘यो पालीको तीज मनाउछु म जुममा हेरेर ‘छिट्टै आउदै

विजय थापा २०७७ भदौ १ गते २२:५७ मा प्रकाशित

 

डिसी । चर्चित गायिका सुनिता दुलालको स्वर तथा अमेरिकाको डिसी महानगर बस्दै आएकी साहित्यकार रोजा ओलीको शब्दमा ‘यो पालीको तीज मनाउछु म जुममा हेरेर ‘छिट्टै आउने भएको छ ।

यसको छोटो (प्रोमो -बिज्ञापन)श्रब्य दृश्य आएको छ भने केही दिन अगाडी उक्त लघु श्रब्य दृश्य जुमको मार्फत प्रदर्शन गरिएको थियो ।

गत अगष्ट ९ आइतबारका दिन साझ जुम प्रबिधि मार्फत तीजका गीतहरुको बिमोचन तथा सर्जकहरुलाई सम्मान कार्यक्रममा रचनाकार सर्जकहरुका पाचवटा तीजका गीतहरुको बिमोचन गरिएको थियो। जस मध्ये ओलीको ‘यो पालीको तीज मनाउछु म जुममा हेरेर ‘समेत परेको थियो ।

बिमोचन कार्यक्रम डिसी मेट्रो परिवार तीज महोत्सब २०२० समुहले गरेको थियो।

नेपालमा कोरोनाका कारणले समस्यामा परेका पत्रकारहरुको सहयोगार्थ नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) को बिश्वब्यापी महाअभियानमा सहयोगकालागि डिसी मेट्रो परिवारले ‘हाम्रो संयुक्त प्रयास’ अभियान अन्तर्गत तीजका दिन अगष्ट २१ मा पुरै दिन जुम प्रबिधि मार्फत तीज मनाउने घोषणा गरेको छ ।

आउदै गरेकोउक्त तीजको गीतको गीतकार रोजा ओली हुन् भने गीतलाई सुनिता दुलालले स्वर दिएकी छिन । संगीत सुनिल मास्केको रहेको छ भने नृत्य निर्देशन दिलु थापाले गरेका छन् । सम्पादन तथा निर्देशन कुशल श्रेष्ठको रहेको छ ।

गीतकार ओलीले डिसी जुम परिवार,इन्जाका वरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहाल,अनेसास डिसी शाखाका मुकुन्द कोइराला,खगेन्द्र थापा,भूप नारायण घर्तिमगर तथा गुरु रघु अर्याललाई बिशेष धन्यवाद दिएकी छिन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया