अमेरिकी विदेश मन्त्रि पोम्पियोद्वारा पोल्याण्डमा थप अमेरिकी सेना खटाउने सम्झौतामा हस्ताक्षर

इनेप्लिज २०७७ साउन ३२ गते १:४९ मा प्रकाशित

अमेरिकी विदेश मन्त्रि पोम्पियोले पोल्याण्डमा थप अमेरिकी सेना खटाउने सम्झौतामा हस्ताक्षर गरेका छन । शनिबार अगस्त १५ का दिन संयुक्त राज्य अमेरिकाले पोल्याण्डसँग प्रतिरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरेको हो ।

अमेरिकी विदेश मंत्री माइक पोम्पियो र पोल्याण्डका रक्षामन्त्री मारियुझ ब्लासजाकले शनिबार इनहान्स डिफेन्स कोऑपरेशन एग्रीमेन्ट (विस्तारित रक्षा सहयोग सम्झौताई-डीसीए) भन्ने सम्झौतामा हस्ताक्षर गरे । जसले पोल्याण्डलाई युरोपमा अमेरिकी सेनाको उपस्थितिको महत्वपूर्ण हिस्सा बनाएको छ ।

“यसले पोल्याण्डका लागि खतरा होस् वा संयुक्त राज्य अमेरिकाको लागी कुनै पनि किसिमको खतरा भएमा हाम्रो सैनिकले काँधमा काँधमा उभिने कुराको प्रत्याभूति (ग्यारेन्टी)लाई अझ मजबुत बनाउनेछ,” पोल्याण्डका राष्ट्रपति आन्द्रेज दुडाले समारोह पछि भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति दिएकोजानकारी व्हाइट हाउसद्वारा जारी एक वक्तब्यमा भनिएको छ ।

“यो सम्झौताले हाम्रो सैन्य सहयोग बढाउनेछ र नेटो प्रतिरोधलाई अझ मजबुत बनाउन, युरोपेली सुरक्षालाई सशक्त बनाउन र लोकतन्त्र, स्वतन्त्रता र सार्वभौमिकता सुनिश्चित गर्न सहयोग पुर्‍याउन संयुक्त राज्य अमेरिकाको सैन्य उपस्थिति बढाउनेछ।”

थप सेनाको उपस्थितिसँगै यो सम्झौताले पोल्याण्डलाई युएससेना भि कर्प्सको नेतृत्वको मुख्यालय बनाउने छ जुन मुख्यतया केन्टकीको फोर्ट नक्समा रहेको छ। त्यस ईकाईका करीव २०० सदस्यहरू अहिले चक्रीय प्रणालीको आधारमा पोल्याण्डमा हुनेछन्।

हाल युरोपियन नेटो सदस्य राष्ट्रहरूमा ४ हजार ५०० सय अमेरिकी सैनिकहरू कार्यरत छन् ।

पोल्याण्डले स्थायी उपस्थितिको लागि लामो समय दबाब दिएको थियो ।रुसले नियोजित नाटोको उपस्थिति यसको सिमा नजिकै आलोचना गरेको छ।

श्रोत :एपी

प्रतिक्रिया