खाना मात्रै होईन सबैलाई “सेक्स” पनी मिठो मनपर्छ

नबिन बिक ,चीन २०७७ साउन ३१ गते ११:२२ मा प्रकाशित

सार्वजनिक रुपमा कसैले पनि बोल्न र उच्चारण गर्न नचाहने सबै भन्दा तुच्छ र असामाजिक शब्द सायद “सेक्स” नै हुनुपर्छ तर बिडम्बना भनौ वा तितोसत्य यो संसारको सृष्टीनै “ सेक्सबाट भएको हो, सेक्स बिना यो सृष्टि मासिएर जान्छ र यस सृष्टिका सम्पूर्ण प्राणीहरु लोप भएर जानेछन।तर पनि हामी मानब जाति यसबारेमा खुलेर बहस गर्न नसक्दा समाजमा बिभिन्न किसिमका अपराधीक घटनाहरु घटने गरेका छन र धेरै परिवार हरु पनि टुट्ने गरेका छन। त्यसैले हामी सबैले यसबारे गहिराईमा पुगेर आवस्यक छलफल गर्नु र “ सेक्स “ सम्बन्धी सामाजिक चेतना फैलाउनु जरुरी छ। “सेक्स अभिशाप हैन बरदान हो “ त्यसैले यसलाई हामी सबैले प्रकृतिको उत्कृष्ट उपहारको रुपमा ग्रहण गर्नुपर्छ।

“सेक्स अभिशाप हैन बरदान हो “ त्यसैले यसलाई हामी सबैले प्रकृतिको उत्कृष्ट उपहारको रुपमा ग्रहण गर्नुपर्छ

यो धर्तीमा सेक्स मन नपर्ने को होला? जनावर देखी मानबसम्म, तन्नेरी देखी बुढा सम्म सबैलाई मनपर्छ, शिर्षक देख्दैमा पढम पढम लाग्दछ, तर हामीले यसलाई सहि सदुपयोग गर्न सकिरहेका छैनौ । धेरै जोडीहरु आफ्ना पार्टनरसंग असन्तुष्टी भएर एक्सट्रा म्यारिटल एफेएर (बिबाह पश्चात अरु संग राखीने यौन सम्बन्ध) राख्न पनी पछि पर्दैनन।प्रायः महिलाहरुको तुलानमा पुरुषहरु बढी सेक्स पार्टनर खोज्छन, पुरुषहरु आफ्नो कामुकता रोक्न सक्दैनन, उनीहरु राम्री महिलादेखे भने हरदम तयार रहन्छन, मौका मिल्यो भने पहिलो भेटमै पनी जहा पनि जो संग पनि सहवासको लागी तयार हुन्छन तर महिलाहरु त्यस्तो हुदैनन, उनीहरुलाई फकाएर सहवासको लागी तयार गर्न समय लाग्दछ।यदि उनीहरु बिबाहित छन भने धेरै कम महिलाहरु मात्र परपुरुष संग सम्बन्ध राख्छन, त्यो पनि यदि घरमा श्रीमानले राम्रो संग माया र ईजज्त नगरेको खन्डमा मात्रै, कसैलै मिठो बोलेर केही माया जतायो भने महिलाहरु आकर्षित हुन्छन । त्यो पनि धेरै समयको सम्बन्ध र संगत पछि, उनीहरुको मन जितेपछि मात्र महिलाहरु तयार हुन्छन। तर पुरुषहरु श्रीमती जति नै राम्री वा मायालु भए पनि परस्त्रीगमन गरिहाल्छन, उनीहरुलाई कुनै समय र साईत चाहिदैन ।

नवविवाहित जोडीमा सेक्सलाईफ राम्रै चलेको हुन्छ, तर समय बित्दै गएसी वा बच्चा बच्ची भएसी पुरुषको पनि घरमा दायित्व र जिम्मेवार बढ्दै जान्छ । महिलाको त झन के कुरा, घरधन्दा देखी बच्चाको हेरचाह, घरका सासु ससुराको हेरचाह देखी स्कुलको होमवर्क सम्म सबै कुराको जिममेवारी हुन्छ। यस्ता यस्तै कुराले दुबैले एक अर्कालाई राम्रो संग समय दिन पाउदैन र सुरुका दिनमा जस्तो रंगीन मायालु जीबन दिन सक्दैनन, महिला हरु बच्चा भएसी घरपरिवारमा सम्हाल्दा सम्हाल्दा यति ब्यस्त हुन्छनकी आफुलाई सम्हाल्नै भ्याउदैनन,उनीहरु अप्राकृतिक रुपमा मोटाउछन र आफुलाई मेनटेन गर्न सक्दैनन वा अनईच्छुक हुन्छन । फलस्वरुप पुरुषहरु बाहिरका राम्रो शारीरिक बनावटका नारी प्रति आकर्षित हुन्छन । शुरुमा टाईम पास र रमाईलोको लागी सम्बन्ध गाँसे पनि, बिस्तारी बिस्तारी अनेक परिबन्धमा परेर उसलाई स्वीकारेर बहुविवाह गर्नुपर्ने देखी लिएर छोडपत्र समेत गर्नु पर्ने भयावह स्थिति आउदछ। त्यसैले दुबैजना श्रीमान श्रीमतीले यस्ता कुराहरुमा सतर्क रहनु पर्छ ।

फलस्वरुप पुरुषहरु बाहिरका राम्रो शारीरिक बनावटका नारी प्रति आकर्षित हुन्छन 

जब समय बित्दै जान्छ,जब कुनै पनि जोडी ३५ बर्ष काट्छन, बच्चा बच्ची हुन्छन तब धेरैको सेक्स लाईफ एकदमै निराशाजनक हुन्छ। यस्तो बेलामा दुबै जना पार्टनरले कसरी पुनः पुरानो मिठो सेक्सलाईफमा फर्किन सकिन्छ भनेर अध्ययन र शोध गर्नु जरुरी हुन्छ। यस्को लागी त सबैभन्दा पहिला आफ्नो अप्राकृति रुपमा बढेको वजन घटाउन तिर लाग्नु पर्छ र आफ्नो सुन्दरतामा ध्यानदिनु पर्छ, तपाई म संग सहमत हुनुस वा नहुनुस महिलाको फिगर र रुपनै महिलाको ठुलो सम्पत्ति हो। सबैले धनी नै मन पराउछन चाहे त्यो रुपकी होस वा धनदौतलकी। चीनका महिलाहरु कुन बिबाहित र कुन अबिबाहित वा कुन बच्चाकी आमा भनेर बाहिरी शारीरिक बनावट हेरेर ठम्याउन असम्भप्राय हुन्छ ।उनीहरु आफ्नो लुकलाई लिएर अतिनै सजग र संबेदनशिल हुन्छन । त्यसैले उनीहरुले डिभोर्स नै गरे पनी उनीहरुलाई लैजाने पुरुषको कुनै कमी हुदैन। त्यसैले पुरुषको अनावश्यक दबाब र हेपाई सहेर बस्दैनन, परेमा तुरुन्त डिभोर्स दिन पनि पछि पर्दैन किनकी उनीहरु यति राम्रो आफुलाई मेन्टेन गरेर राखेका हुन्छन की तुरुन्तै अरु श्रीमान वा ब्बाई फ्रेन्ड पाईहाल्छन।

किन कसैको श्रीमान वा श्रीमती बाहिर लाग्छन त ? किनकी उनीहरु सधै जीबनभर एकै किसिमको सेक्सलाईफ बाट वाक्क भईसकेका हुन्छन। घरमा सधै जुधपत्ति खेलेर वाक्क भएकाहरु बाहिरको खालमा रमी, चलसत्र, फलास, कलब्रेक, म्यारीज, ट्वान्टीनाईन, दलमारा, धुम्बल, किट्टी वा ब्ल्याक ज्याक खेल्न पाईन्छ भन्ने थाहा पाए कुन चै खेलाडी बाहिरको खालमा जादैन? कुन चै खेलाडी घरमै जुधपत्ति मात्रै खेलेर बस्छ? ठीकै छ तपाईलाई त्यस्तो खेल र कला आउदैन भने ईन्टरनेटको दुनियामा एडल्ट साईट ( बयस्क मानिसले हेर्ने) हरु टन्नै छन,यो खेल सम्बन्धी धेरै किताबहरु पनि छ, श्रीमान र श्रीमती संगै बसेर यस्ता बिभिन्न खाले खेलहरु हेरेर वा पढेर यो खेल कसरी अझ रमाईलो संग खेल्न सकिन्छ र संगै खेल्दा कसरी एकअर्कालाई भरपुर्ण मनोरन्जन दिन सकिन्छ भनेर सिक्न सकिन्छ। अहिलेको अवस्थामा श्रीमान वा श्रीमतीले यस खेलको बारेमा सबै ज्ञान भए पनि एक अर्कालाई देखाउदैन किनकी उनीहरुलाई डर हुन्छ की यदि मैलै सबै खेल देखाए भने त मेरो श्रीमान वा श्रीमतीले मलाई कसरी हेर्छन होला ? कतै मलाई खुनखार खेलीडीको रुपमा त हेरिदैन ? भन्ने डरले सधै जुधपत्ति मात्रै खेलेर बस्ने जोडीको पनि कमी छैन। तर एउटा कुरा याद राख्नुस सधै जुधपत्ति मात्रै खेल्नुभयो भने एक दिन तपाईको पार्टनर तपाई संग खेल्न खालमै नबस्ने दिन पनि आउन सक्छ।

यो खेल सम्बन्धी धेरै किताबहरु पनि छ

अहिले धेरैले यो खेलको नियम र तरिका नबुझ्दा वा आफुलाई समय अनुसार अपग्रेड नगर्दा धेरै दाम्पत्यहरुको सम्बन्ध एक नजिकको साथी वा नजिकको नातेदारको सम्बन्ध जस्तो मात्र भएर जीबन बिताएका छन। माया पनि गर्छन, मन पनि पराउछन तर एक साथी र नजिकको नातेदारको जस्तो, दाम्पत्यको सम्बन्ध भनेको सधै प्रेमी वा प्रेमीकाको जस्तो सम्बन्ध हुनुपर्छ, एक असल मित्र वा नातेदारको जस्तो मात्र सम्बन्ध हुनुहुदैन। यो खेल खेल्नलाई खालमा बस्नु भन्दा पहिला र खेली सके पछिका आधारभूत कुराहरुको पनि ज्ञान हुनु जरुरी हुनुपर्छ । यो खेल खेल्दा गाउघरमा पशुहरुलाई बाली लाए जस्तो हुनुहुदैन, सेक्सलाई अंग्रेजीमा “ लभ मेकीङ “ पनि भनिन्छ। लभ मेकिङ शब्दले नै प्रष्ट हुन्छ की सेक्स भनेको को हो ? माया गर्नु पनि एक कला हो, पकाउने तरिका जान्यो भने फर्सी र आलु पनि मिठो र स्वादिष्ट हुन्छ, पकाउने ढंग पुगेन भने खसीको मासु पनी खल्लो र नमिठो हुन्छ। त्यसैले बेलैमा सेक्सलाई कसरी अझै रमाईलो र मिठो गरी जीबनमा उपभोग गर्न सकिन्छ भन्नेबारे सबैलै ध्यान दिएमा धेरै हदसम्म तपाईको पार्टनरहरु बाहिरको खालमा खेल्न जान छोड्नेछन। घरमै बाहिरको खालमा जसरी सबै थरिको बाउन्न पत्तिको त्रिपन्न खेल खेल्न पाएसी कीन क्यासिनो र बाहिरको खालमा धाउछन? सेक्स बिनाको जीबन बास्ना बिनाको रंगहीन फुल जस्तो हुन्छ। त्यसैले आजै देखी तपाई पनि आफ्नो मायाको फुलवारीलाई सुन्दर बास्नादार रंगीन फुलवारी परिणत गर्नुहोस।

यो खेल खेल्दा गाउघरमा पशुहरुलाई बाली लाए जस्तो हुनुहुदैन, सेक्सलाई अंग्रेजीमा “ लभ मेकीङ “ पनि भनिन्छ

प्रतिक्रिया