बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:४५
वासिङटन डिसी 19:00

नर्थ क्यारोलाइनामा बुवा घरमा भित्र हुँदा खेली रहेका ५ बर्षिय बालकलाई गोलीहानी हत्या

इनेप्लिज २०७७ साउन ३० गते ११:०१ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यका एक ५ बर्षिय बालकलाई गोलीहानी हत्या गरेको आरोपमा संदिग्धलाई पक्राउ गरिएको छ । गत हप्ता नर्थ क्यारोलाईनाको विल्सनमा हत्या गरेको आरोपमा २५ बर्षिय मानिसलाई प्रथम श्रेणीको हत्याको आरोप सहित पक्राउ गरिएको हो ।

क्यानन हिनान्ट नामक ५ बर्षिय आफ्नो पिता घर भित्र भएको र छोरा घर बाहिर खेली रहेको समयमा गोली हानिएको थियो । थाहा पाउने बितिकै उनि बाहिर गएर छोरालाई पाखुरामा उठाएर चिच्याउदै मेरो छोरालाई बचाउनु भनेका थिए ।

डेरिएस सेसोम नामक छिमेकीको हातमा बन्दुक लिएको उनका पिताले देखेका थिए । पिताले अगाडी भने मैले छिमेकीको हातमा बन्दुक लिएको देखे जुन समयमा मेरो पाखुरामा मेरो छोरा थियो । र म यति क्रोधित भएको थिए कि म पनि छोरा जस्तै हुन् चाहन्थे भने ।

तर उनकी प्रेमिकाले प्रहरीलाई बोलाएकी थिइन । विल्सन प्रहरीका अनुसार गत अगस्त ९ मा भएको गोलीकाण्डमा बालकको अस्पतालआ मृत्यु भएको जनाएका छन ।

प्रहरीले संदिग्ध छिमेकी सेसमलाई गत सोमबार उनकै घरबाट पक्राउ गरिएको जनाएका छन ।

श्रोत :सिएनएन

प्रतिक्रिया