नेकपा बिबाद समाधानका लागि महासचिब पौडेलको नेतृत्वमा कार्यदल ,छिटै सुझाब प्रतिबेदन तयार गरिने

टंक पन्त २०७७ साउन ३० गते ११:०२ मा प्रकाशित

 

काठमाडौ । चरम बिबादमा फसेको नेकपाले अब केही दिनमा राहत पाउने संभावना बढेको छ । बिगत ९ दिन देखि सबादहीन अबस्थामा रहेको शीर्ष नेतृत्वबीच दुई दिन यता सबाद प्रारंभ भएको छ ।

सोही सबादबाट नेपाल कम्युनियष्ट पार्टी नेकपाको बिबाद समाधानको खाका बनाउन पार्टीका महासचिब बिष्णु पौडेलको संयोकत्वमा कार्यदल गठन भएको छ ।

कर्यदलमा पार्टीका दुबै अध्यक्ष र पार्टीका बरिष्ठ नेता माधबकुमार नेपालका प्रतिनिधि रहेका छन ।

 

६सदस्यीय कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट स्वयं संयोजक बिष्णु पौडेल र शंकर पोख्रेल हुनुहुन्छ भने अर्का पार्टी अध्यक्ष प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल हुनुहुन्छ ।

बरिष्ठ नेता नेपालका तर्फबाट भीमरावल र सुरेन्द्र पाण्डे रहनुभएको छ । संयोजक पौडेल पार्टीलाई मिलाउने कुरामा दुबै पक्षसंग लचिलो भएको कारण पनि उहालाई संयोजक बनाइएको हो ।

कार्यदलले पार्टीका शीर्ष नेताहरुबीच लामो समय चलेको बहस र केही दिन यता बिकास भएको पार्टी भित्रको घटनाक्रमलाई पनि ध्यानमा राखेर सहमति लागि सुझाब पेश गर्ने छ । कार्यदलललाई कुनै समयको सिमा नतोकिएको भएपनि सकेसम्म चाडो सुझाब पेश गर्न निर्देशन दिइएको छ । बुझिए अनुसार एक हप्ता भित्रै कार्यदलले दुबै अध्यक्षलाई सुझाब पेश गर्ने छ ।

कार्यदलले सुझाब तयार गर्ने सन्दर्भमा पार्टीका दुबै अध्यक्ष , बरिष्ठ नेता माधबकुमार नेपाल , झलनाथ खनालसंग पनि परामर्श गर्ने छ ।

पार्टीका ओली पक्षीय केही नेताले भने जस्तै दुई जना अध्यक्षले सहमति गरेहुन्छ भन्दै आएको तर्फ सकेत गर्र्देै पार्टीका बरिष्ठ नेता नेपालले बिना सहमति दुई जनाले मात्रै आफु खुशी सहमति गरेमा कुनै हालतमा आफुलाई मान्य नहुने चेतावनी समेत बिभिन्न समयमा भएका बैठक र स्वयं प्रचण्डलाई पनि दिदै आउनुभएको थियो त्यसैले पनि उहांका तर्फबाट दुइ जना प्रतिनिधि कार्यदलमा राखिएको बताइएको छ ।

दुई महिना देखि अनिर्णित भएको स्थायी कमिटीको बैठकमा अब कार्यदलको सुझाब पेश गरी सहमति गर्ने योजना अनुसार कार्यदल बनेको हो –पार्टी स्थायी कमिटीका एक सदस्यले भनेका छन , पार्टी फुटको संघारमा पुगेको थियो तर अब फुटबाट जोगिने भएको छ ।

पार्टीको स्थायी कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओली अल्पमतमा भएपनि बहुमतले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने मागलाई मान्नुभएको थिएन । एकातिर राजीनामा माग गर्ने अर्कोतिर छाडदै नछोडने अडानले पार्टी संकटमा परेको थियो ।

प्रतिक्रिया