बुधबार, असोज ७ २०७७
काठमाडौं ०६:५३
वासिङटन डिसी 21:08

अमेरिकामा कोभिड-१९ बाट लगातार गत तीन हप्ता देखि औसतमा एक हजार मानिसको मृत्यु

एकैदिनमा ५१ हजार मानिस संक्रमित

इनेप्लिज २०७७ साउन ३० गते १०:३५ मा प्रकाशित

 

 

अमेरिकामा कोभिड-१९ बाट लगातार गत तीन हप्ता देखि औसतमा एक हजार मानिसको मृत्यु भएको तथ्यांकले देखाएको छ । गत बिहिबार अगस्त १३ का दिन एकैदिनमा ५१ हजार ४ सय ४३ मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

गत बिहिबार कै दिन कोभिड-१९ लागेर मृत्यु हुनेको संख्या १ हजार ७६ पुगेको छ । गत बिहिबार क्यालिफोर्नियामा एकै दिनमा ६ हजार मानिस संक्रमित भएका छन ।

गत अगस्त १२ बुधबारका दिन एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५६ हजार ९ सय १० पुगेको थियो भने कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९९ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको थियो ।

अमेरिकामा कूल १ लाख ६९ हजार को मृत्यु भएको छ भने ५३ लाख ६९ हजार संक्रमित भएका छन ।

श्रोत : सिएनएन

प्रतिक्रिया