पत्रकार बानियाको शब शिक्षण अस्पतालमा , आजै पशुपति आर्यघाटमा दाह सस्कार गरिने

विश्व राज थापा २०७७ साउन २९ गते ५:५३ मा प्रकाशित


काठमाडौ । मकवानपुरमा मृत बअस्थामा भेटिएका पत्रकार बलराम बानियाको शब अहिले शिक्षण अस्पतालमा राखिएको छ ।

बानियाको मृत्यु आत्महत्या , लडेर वा कसैले लडाएको हो भन्ने अन्यौल रहेको कारण परिबारले प्रहरीलाई छानकिन गरिदिन आग्रह गरेको छ ।
परिबार र प्रहरीबीच टेकुमा कुराकानी भैरहेको छ । दुबै पक्षबीच सहमति भएपछि पोष्टमार्टम गरी आजै पशुपति आर्यघाटमा दाहसस्कार गरिने छ ।

नेपाली पत्रकारहरुको अन्तराष्टिय संजाल इन्जा ग्लोबलले बानियाको परिबारलाई एक लाख रुपिया सहयोग गर्ने भएको छ ।

इन्जाले शोक बक्तब्य जारी गरी बानियाको निधन प्रति दुख ब्यक्त गरेको छ । इन्जाले बानिया प्रति हार्दिक श्रद्धान्जलि ब्यक्त गर्देै उनको परिबारलाई एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष टंक पन्तले जनाएका छन ।

पोष्टमार्टमा पश्चात उनको संभत  2 बजेपछि दाहसंस्कार हुन सक्ने पत्रकार महासंघका महासचिब रमेश बिष्टले जानकारी गराएका छन ।
महासंघका पुर्ब सचिब बानिया कान्तिपुर दैनिकमा सहायक सम्पादक थिए ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया