बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:१७
वासिङटन डिसी 19:32

एनआरएनए अमेरिकाजको दोश्रो क्षेत्रीय बैठक र ज्ञान सम्मेलन सेप्टेम्बरमा हुने

इनेप्लिज २०७७ साउन २८ गते २३:३९ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को हरेक क्षेत्रमा नियमित रुपमा गर्ने गरिएको क्षेत्रिय बैठक यो अमेरिकाज (उत्तर र दक्षीण अमेरिका) क्षेत्रमा आगामी सेप्टेम्बर ४,५ र ६ मा हुने भएको छ। यो पटक विभिन्न बिषयमा ज्ञान हासिल गरेका व्यक्तिहरुले आफ्नो कार्यपत्र पेस गर्ने ज्ञान सम्मेलनको समेत आयोजना गरिएको छ।

यस्तो बैठक गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको नियमित कार्यक्रम हो। यस्ता कार्यक्रमहरुमा संघले आफ्ना नीति, कार्यक्रमहरु प्रस्तुत गर्ने, प्राप्त सुझाव र भएका निर्णयहरुलाई अक्टुवरमा काठमाण्डौमा हुने बिधान सभा र महाधिवेशनहरुमा पेस गर्ने गरिएको छ।

कोरोनाको महामारीले गर्दा यो पटक हाम्रो क्षेत्रको बैठक क्यानाडामा उपस्थित भएर भब्य र सभ्य रुपमा सम्पन्न गर्ने योजना पुरा हुन सकेन। तर पनि हामीले जुम प्रबिधिको प्रयोग गरेर सम्पन्न गर्ने योजना गरेका छौं। कार्यक्रमलाइ सफल रुपमा सम्पन्न गर्न संघको क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) ले होष्ट गर्ने चलन छ। यो पटक सो महान अभिभारा एनसीसी क्यानडाले लिएको छ।

यसका लागि एनआरएनए एनसीसी क्यानाडा बधाई र धन्यवादको पात्र भएको छ।यस क्षेत्रको दोश्रो क्षेत्रीय बैठक/भेला तथा ज्ञान सम्मेलन आगामी सेप्टेम्बर ४,५, र ६, २०२० मा आयोजना गरिएको कुरा सुनाउन पाउँदा गौरवान्वित भएको महशुस गरेका छौं। कार्यक्रम ४ सेप्टेम्बरमा उद्घाटन, ५ सेप्टेम्बरमा क्षेत्रीय भेला र ६ सेम्टेम्बरमा ज्ञान भेलाको आयोजना गरिएको छ।

उद्घाटन कार्यक्रममा नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, उपप्रधानमन्त्री माननीय ईश्वर पोखरेलज्यू, पररास्ट्रमन्त्री माननीय प्रदीप ज्ञवालीज्यू, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिका र क्यानडाका महामहिम राजदूतज्यूहरु, दुवै देशका राजनैतिक नेताहरु, सिटी मेयर लगायत अन्य महानुभावहरुलाई पनि निमन्त्रणा गरिने छ।

सेप्टेम्बर ४, २०२० बेलुका हुने उद्घाटन कार्यक्रम पश्चात सो दिनको कार्यक्रम समाप्त हुनेछ। ५ सेप्टेम्बरमा बिहान शुरु भएर दिनभर क्षेत्रीय कार्यक्रमहरु हुनेछन। जस अन्तर्गत आईसीसीको कार्यक्रम, एनआरएन एनसीसी क्यानडा र अमेरिकाको प्रस्तुति, महिला फोरम, युवा तथा दोस्रो पुस्ता, नेपाली भाषा र साहित्य फोरम, लैंगिक समानता र मानसिक स्वास्थ्य फोरम, नागरिकताको निरन्तरता तथा पैतृक सम्पत्ति सम्बन्धी फोरम, नेपाल भारत सीमाना सम्बन्धी बहस लगायत कार्यक्रम समावेश गरिएको छ।

बैठक भब्य रुपमा सम्पन्न गर्नको लागि एनआरएनए एनसीसी क्यानडा आयोजक रहेको उक्त कार्यक्रममा क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठी संयोजक रहेको मुल आयोजक कमिटी गठन गरिएको छ। त्यसैगरी डाक्टर लक्ष्मी पाठक संयोजनमा विज्ञ समूहको कमिटी गठन गरिएको छ। सो कमिटीलाई पब्लिक हेल्थका बैज्ञानिक डा आमोद पोख्रेल र कृषी तथा खाद्य बिषयका अर्का वैज्ञानिक डा नारायण घिमिरेले सहयोग गर्नुभएको छ।आरसी राजन त्रिपाठी संयोजक रहेको मूल आयोजक कमिटीमा क्षेत्रीय उपसंयोजक (डिआरसी) राम पोखरेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा र आयोजक राष्ट्रका तर्फबाट आईसीसी सदस्य गोपी कृष्ण काफ्ले कोअर्डिनेटर रहनुभएको छ। सो कमिटीमा यस अमेरिकाज क्षेत्रका सम्पुर्ण आइसिसी सदस्य मूल आयोजक कमिटीको सदस्य रहनुभएको छ। त्यसैगरी एनआरएनए एनसीसी क्यानडा र अमेरिकाका अध्यक्षहरु क्रमश: चिरन्जीवी घिमिरे र सुनिल साह सदस्य रहनु भएको छ।

कार्यक्रम सफल बनाउनको लागि अन्य विभिन्न कमिटीहरु समेत गठन गरिएको छ।

१. आइटी आर सी तथा क्षेत्रीय सम्मेलन चियर – आरसी राजन त्रिपाठी
२.मिडिया तथा पब्लिकेसन कमिटि- आईसीसी सदस्य तथा विज्ञ सम्मेलन कोअर्डिनेटर गोपी कृष्ण काफ्ले
३. पब्लिक रिलेसन-मानार्थ आईसीसी सदस्य ढुण्डिराज पाण्डे
४. इभेन्ट एनआरएन क्यानडाका तर्फबाट अध्यक्ष चिरञ्जीवी घिमिरे
५. कल्चर -आईसीसी सदस्य तृष्णा शर्मा काफ्ले
६. रजिष्ट्रेशन- मानार्थ आईसीसी सदस्य रविन्द्र घिमिरे
७.फाइनान्स-आईसीसी सदस्य होम नाथ गौतम
८. भोलेन्टियर-मानार्थ आइसिसी सदस्य अभिमन्यु बस्नेत
९. नोट टेकर- मणी पनेरु नेपाली

त्यसैगरी, एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय सम्मेलन मूल आयोजक समिति अन्तर्गत गठित विज्ञहरुको रूपमा काम गर्ने विज्ञ समितिले सम्मेलनका लागि आठ क्षेत्र निर्धारण गरी हरेक क्षेत्रका विषय विज्ञहरूलाई सम्बन्धित विषयको ज्ञान गोष्ठीको सभापति समेत तोकेको छ।

यस क्षेत्रमा बसोबास गर्ने जो कोहीले पनि आफ्नो ज्ञानलाइ प्रस्तुत गर्नको लागि कार्यपत्र पेश गर्न अगष्ट २०, २०२० सम्मको म्याद तोकिएको छ। कार्यपत्र पेश गर्न बिश्वबिधालयका पिएचडी नै हुनुपर्दैन। जो कसैलाई पनि आफ्नो ज्ञान प्रस्तुति गर्नको लागि आब्हान गरिएको छ। छनोट भएका कर्यपत्रहरुलाई अगष्ट २५, २०२० सम्म जानकारी गराइनेछ।

कार्यक्रमको लाइभ संघको आधिकारिक फेसबुक पेज र विभिन्न संचारका सहकर्मीहरुको मिडिया फेसबुक पेजबाट गरिनेछ। थप जानकारी नियमित रुपमा गरिने छ।

गोपी कृष्ण काफ्ले

कार्यक्रम कोअर्डिनेटर तथा मिडिया एण्ड पब्लिकेसन चियर
राजन त्रिपाठी
क्षेत्रीय संयोजक
गैरआवासीय नेपाली संघ
अगष्ट ९, २०२०

PRESS-RELEASE-NRNA-ICC-AMERICA

प्रतिक्रिया