बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:११
वासिङटन डिसी 19:26

भर्जिनियाको मनाससमा सडक भासिएपछि सयौ मानिसहरु फसादमा

इनेप्लिज २०७७ साउन २८ गते १४:१७ मा प्रकाशित

भर्जिनियाको मनाससमा सडक भासिदा सयौ घरका मानिसहरु फसादमा परेका छन । मनासस पार्कका करिव ४ सय परिवार समूदायहरु बिहानै देखि अडकिएका छन। अविरल बर्षा र बाढीको कारण सडक भासिएको छ ।

२-३ ईन्च पानी पर्दा जमिन मूनि गएको छ भने एउटा गाडी खाडलमा पसेको छ भने उद्धार जोडतोडका साथ चलिरहेको छ।

मनासस पार्कका मोस्वी ड्राईभका समूदायहरु बाहिर निस्कन सकि रहेका छैनन  ।

मोस्वी ड्राईभ र मोस्वी कोर्टको बीचमा दुईवटा चिरा परेको छ । अगस्त १२ बिहान ४ बजे एक प्रहरीले उक्त स्थानमा रुख ढलेको र बाढी सडकमा आएको देखेका थिए ।

उक्त समूदायमा करिव ८० शहरीघर( टाउन हाउस) रहेका छन भने उनिहरु पनि निस्कन पाएका छैनन ।

श्रोत: डव्लुयुएसए९

प्रतिक्रिया