बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:५०
वासिङटन डिसी 20:05

अमेरिकाको जर्जीयामा कोभिड-१९ बाट संक्रमित ७ बर्षका बालक स्नानाधार(बाथटब)मा डुबेर मृत्यु

इनेप्लिज २०७७ साउन २८ गते ११:१५ मा प्रकाशित

अमेरिकाको जर्जीया राज्यमा कोभिड-१९ बाट संक्रमित भएका ७ बर्षका बालक स्नानाधार(बाथटब)मा नुहाउदा उच्च ज्वरो आई कम्पन भए पछि उनको निधन भएको छ ।

उनलाई उच्च ज्वरोले च्यापे पछि शरीर काम्ने हुँदा उनि स्नानाधार(बाथटब)मा डुब्दा उनको मृत्यु भएको हो । नयाँ सूचना अनुसार उनि कोभिड-१९ बाट संक्रित भएको पुष्टि भएको छ ।

चाटम काउन्टीका मृत्यु समीक्षक बिल वेसिङ्गरले उच्च ज्वरो आए पछि शरीर कम्पन हुँदा उनको निधन भएको सिएनएनलाई गत सोमबार बताएका थिए । उनका अनुसार उक्त बालकलाई कुनै स्वास्थ्य समस्या थिएन ।

उनको मृत्यु अस्पतालमा भएको थियो । कोरोनाबाट मृत्यु हुने उक्त अफ्रिकन अमेरिकन उक्त बालक जर्जिया राज्यमै सबैभन्दा कम उमेरका हुन् । प्रहरीले उक्त घटना पछि उक्त बालकले केही समय अगाडी एक गिर्जाघर गएका थिए ,जहाँ २ जना प्रौढ़हरुलाई कोरोना भाइरस भएको थियो । र ,उनीहरुको निधन भएको थियो ।

श्रोत :सिएनएन

प्रतिक्रिया