बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:०५
वासिङटन डिसी 19:20

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ४६ हजार ,१ हजार भन्दा ज्यादाको मृत्यु

इनेप्लिज २०७७ साउन २८ गते १०:४३ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ४६ हजार ८ सय ८ पुगेको छ । गत मंगलबार अगस्त ११ का दिन जोन्स हप्किन्स बिश्वबिद्यालयले निकालेको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १ हजार ७४ पुगेको जनाएको छ ।

गत सोमबार अगस्त १० का दिन एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ हजार ५ सय ३६ पुगेको थियो भने कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५ सय २५ रहेको थियो ।

अघिल्लो दिन भन्दा मृत्यु हुनेको संख्यामा दोब्बर वृद्धि भएको छ । हाल सम्म १ लाख ६६ हजार मानिसको मृत्यु भएको छ भने ५२ लाख ५२ हजार मानिसहरु संक्रमित रहेका छन् ।

गत मंगलबारको तथ्यांक अनुसार अमेरिकाको फ्लोरिडा र जर्जिया राज्यमा अत्यधिक संक्रमितको संख्या वृद्धि भएको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया