संपर्कबिहीन भएको दुई दिन पछि पत्रकार बानिया मृत अबस्थामा खोलामा भेटिए

विश्व राज थापा २०७७ साउन २८ गते ९:४९ मा प्रकाशित

काठमाडौ । पत्रकार बलराम बानिया मकवापुरको सिस्नेरीमा मृत अबस्थामा भेटिएका छन । तीन देखि बल्खुबाट सम्पर्कबिहीन पत्रकार बानिया कान्तिर दैनिकमा सहायक सम्पादक थिए ।

राजनीति , संसद , सुशासनका बारेमा लामो समय देखि कलम चलाउदै आएका बानिया केही समय नागरिक दैनिकमा पनि आबद्ध थिए तर पछि पुन कान्तिपुर मिडिाया हाउसमै फर्किएका थिए ।

श्रीमती , एक छोरी एक छोराका अभिभाबक बानियाको जन्मघर तनहु हो । दुइ दशक अगाडि देखि निरन्तर श्रमजीबी पत्रकारका रुपमा क्रियाशील बानिया नेपाल पत्रकार महासंघका पुर्ब सचिब समेत थिए ।

बनियाको परिबारलाई देखाएर शबको सनाखत गरिएको थियो । बानिया तीन दिन देखि सम्पर्क बिहीन भएको भनी परिबारका सदस्यले महानगरीय प्रहरी परिसर , काठमाडौ र अपराध अनुसन्धान महाशाखा बानेश्वरमा खोजीका लागि अनुरोध गरेका थिए । अपराध महाशाखाका अनुसार बानियाको मोबाइल फोन बल्खु खोलाको नजिकैबाट सोमबार १ बजे अफ भएको थियो ।

बनिया पौने ४ बजेतिर बल्खुपुलमुनी जादै गर्दा उनको जुत्ता हिलोमा अडकिएको र खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रायस गरेका थिए तर पानीको बहाब बढेको कारण उद्धार गर्न नसकिएको स्थानीयले बताएका छन । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

संसद्धीय मामिला पत्रकार समाजका सस्थापक एवं नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष टंक पन्तले शोक बक्तब्य जारी गरी एक देशले एक क्रियाशील पत्रकार गुमाएको भन्दै दुख ब्यक्त गरेका छन ।

इन्जा अध्यक्षले पत्रकार बानियाको मृत्यु के कारणले भएको हो भन्ने कुरा छिटै नेपाल प्रहरीले बाहिर ल्याउने बिश्वास ब्यक्त गरेका छन । इन्जाले मृतात्मा प्रति हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दे शोकसन्तरप्त परिबारजनमा हार्दिक समबेदना ब्यक्त गरेको छ ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया