बुधबार, असोज ७ २०७७
काठमाडौं ०६:३९
वासिङटन डिसी 20:54

२६ औं विश्व आदिवासी दिवसको अवसरमा फिप्नाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७७ साउन २७ गते ०:०६ मा प्रकाशित

फिप्नाले २६ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम परोक्ष पद्धति अर्थात् जुमबाट गरेको हो ।

यसै अवसरमा कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद दिएको छ । “पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस । स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६औँ विश्व आदिवासी दिवस “ भन्ने मूल नाराका साथ २६ औं विश्व आदिवासी दिवस सम्पन्न भएको छ ।

उक्त अवसरमा एउटा बैचारीक मार्गचित्र तयार पारेको छ भने यसक्रममा विद्वान वक्ताहरू द्वारा मुख्य गरेर ४ वटा बुंदामा विचार प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमूख अथितीको रूपमा उपस्थित संयुक्त राष्ट्र संघका लागी नेपाल सरकारका स्थाई प्रतिनिधि अमृत राई , विशेष अथिती तथा वक्ताको रूपमा उपस्थित नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयका अध्यक्ष जगत बराम, प्रा.डा. महेन्द्र लावती, राजनितीक विश्लेषक तथा लेखक युग पाठक लगायतको उपस्थिति रहेको थियो ।

बिस्तृत जानकारीको पूर्ण पाठ जस्ताको त्यस्तै :

अगस्त १० ,२०२०

२६ औं विश्व आदिवासी दिवसको अवसरमा फिप्ना द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

“पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६औँ विश्व आदिवासी दिवस !! “ भन्ने मूल नाराका साथ २६ औं विश्व आदिवासी दिवस सम्पन्न भएको छ । अगष्ट ९ मा सम्पन्न विशेष कार्यक्रममा प्रमूख अथितीको रूपमा उपस्थित संयुक्त राष्ट्र संघका लागी नेपाल सरकारका स्थाई प्रतिनिधि अमृत राई , विशेष अथिती तथा वक्ताको रूपमा उपस्थित नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयका अध्यक्ष जगत बराम, प्रा.डा. महेन्द्र लावती, राजनितीक विश्लेषक तथा लेखक युग पाठक लगायत जुम भर्चुवलमा उपस्थित विश्वभरबाट जोडिनुभएका नेफिनका अध्यक्षहरू, अमेरीका स्थिति विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि ज्यूहरू र फिप्ना परिवारलाई कार्यक्रममा सहभागीता जनाएर महत्वपूर्ण विचार समेत प्रस्तुत गर्नुभएकोमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)को तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ । यस अवसरमा फिप्नाले पहिलो पटक प्रकाशित विशेष बुलेटिन २०२० को समेत विमोचन सम्पन्न गरेको छ ।

विश्व आदिवासी दिवसको अवसरमा व्यक्त शुभकामना सन्देशको साथमा एउटा बैचारीक मार्गचित्र तयार पारेको छ । यसक्रममा विद्वान वक्ताहरू द्वारा मुख्य गरेर ४ वटा बुंदामा विचार प्रस्तुत भएको छ ।

१ . वर्तमान नेपालको संविधानले नेपालका सबै जाति समुदायको पहिचान, ईतिहास र अस्तित्व नसमेटेको हुनाले यो संविधानको संशोधन गरी सबै नेपाली जनताको अपनत्व गराउदै, वर्तमान राज्य संरचनलाई पुनसंरचना गरेर पहिचानको आधारमा कम्तिमा पनि १०+१ को अवधारणामा जानु आजको अपरीहार्य आवश्यकता हो ।साथै निर्वाचन प्रणाली, शासकीय व्यावस्था लगायत विषयहरूमा संशोधन / पुनर्लेखन गरेर जानु आजको आवश्यकता हो ।

२ . आदिवासीहरूको अबको आन्दोलन कुनै एउटा मुद्वाको आधारमा नभएर राज्यसत्ता संचालनको दृष्टिकोण वाट नयाँ दृष्टिकोण निर्माण गर्नु पर्ने हुन्छ । त्यो भनेको आदिवासी जनजातिहरू कुनै पनि राज्यको तहमा कोटा, भाग वा समावेसीकरण मात्र चाहेको होईन, आदिवासीहरूले राज्यसत्ता चाहेको हो , राज्य सत्तामा साझेदारी, समानता चाहेको हुनाले अबको आदिवासी जनजातिहरूको आन्दोलन राज्यसत्तामा साझेदारीको लागी आन्दोलनको नयाँ दृष्टिकोण निर्माण गरी संसारभरीका आदिवासीहरू एकजुट भएर लाग्नु पर्ने देखिन्छ । यो नै अबको हाम्रो बाटो हो ।

३ . नेपालको आदिवासी जनजाति, मधेसी, सिल्पी, महिला र उत्पीडितहरूको राज्यसंत्तासंग विभिन्न मागहरूसहित वेग्ला वेग्लै आन्दोलनहरू भईरहेको अवस्थामा उत्पीडितहरूमाथी जहिले पनि शासक वर्गले फुटाउ र राज गर को नितीमा हामीलाई विभाजित गरिरहेको छ । अबको आन्दोलन मधेसी, जनजाति, सिल्पी, महिलाहरू, उत्पीडितहरूको संयुक्त आन्दोलन सुरू गर्नु पर्दछ । त्यसो हुन सकेमा एक चौथाई भन्दा कम संख्यामा रहेको शासक वर्गलाई यति ठूलो संख्याको मागलाई सजिलै सम्बोधन गर्न सक्ने र देशमा रहेका सबै शोषित पिडितहरूको पनि राज्यसत्तामा समान हैसियत कायम भई देशले विकास र संम्मृद्वीतीर अगाडी बढ्ने देखिन्छ । यथास्थितिमा समानता सम्भव छैन र असमानताभएको देशमा विकास र सम्मृद्वी निक्कै परको विषय हो ।

४ . जनताको आन्दोलन , त्याग र वलिदानी वाट स्थापित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा अझै पनि आदिवासी चेपाङ वस्तीहरूमा आगो लाग्नु, गोली हानेर राजकुमार चेपाङहरूको हत्या हुनु , कथित सानो जात भनिएकै नाममा नवराज वि.क.हरूको सामुहिक हत्या गरीनु , विकासको नाममा आदिवासीहरूको ऐतिहासिक सांस्कृतिक धरोहर बोकेको खोकना , बुङमतिका बस्तीहरू राज्यले आतंकपूर्णकब्जा गर्नु , विभिन्न व्यापारिक कम्पनीहरूलाई विकासको नाममा लिम्बुवानको ऐतिहासिक धार्मिक धरोहर मुक्कुमलुङमा माथी सांस्कृतिक अतिक्रमण गर्नु देशका शासकहरू आदिवासीहरू, शोषित उत्पीडितहरूमाथी आक्रामक ढंकले दमनमा उत्रिएको भान हुन्छ । यी सबै उदाहरण मात्र हुन राज्यले गरेको सृखंलाबद्व अतिक्रमणहरू अरू धेरै छन् । त्यती मात्र होईन देश संघिय व्यावस्थामा गईसकेपछी पनि उच्च जातिय नश्लिय अहंकारको आधारमा देशभरी संस्कत भाषालाई कक्षा १ वाटै पठनपाठन सुरू गर्नु , जहाँ १२३ भन्दा धेरै राष्ट्रीय भाषाहरू बोलिन्छ त्यस्तो देशमा एक भाषालाई मात्र काखी च्याप्नु निन्दनीय छ । त्यसकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा वर्तमान सरकार आदिवासीहरूको पहिचान विरोधी देखिन्छ । यसका विरूद्ध फेरी पनि सशक्तरूपमा एकजुट हुन आवश्यक छ ।

अन्त्यमा विश्वभर महामारीको रूपमा रहेको कोरोना भाईरस COVID-19 को कारण जनजिवन अस्तव्यस्त छ , यो वेला आफू सुरक्षित रहने र अरूलाई सहयोग गर्नेमा हामी सबैको भुमिका हुन पर्दछ । सम्पूर्णमा विश्व आदिवासी दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
—————-
लोक चेम्जोङ
अध्यक्ष- फिप्ना

प्रतिक्रिया