बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:०२
वासिङटन डिसी 19:17

शिकागोमा भएको गोलीकाण्ड तथा लुटपाटमा एक सय भन्दा ज्यादा पक्राउ,१३ प्रहरीहरु घाइते

इनेप्लिज २०७७ साउन २६ गते २१:०७ मा प्रकाशित

शिकागोमा भएको गोलीकाण्ड र लुटपाटमा एक सय भन्दा ज्यादा व्यक्तिहरुलाई पक्राउ गरिएको छ । उक्त घटनामा १३ जना प्रहरीहरु घाइते भएका छन् ।

गत आइतबार राती शिकागो शहरको मुख्य केन्द्र बिन्दु (डाउनटाउन)मा भएको उक्त गोलीकाण्ड र लुटपाट हिंसात्मकमा परिणत भएको प्रहरीले जनाएका छन । सोमबार अगस्त १० का दिन प्रहरी अधिक्षक डेविड ब्राउनले प्रहरी संग २० बर्षिका युवासंग गोली हानाहान भएको जनाए ।

उक्त मानिसहरुको भेला बिरोध जुलुस नभईकन स्पष्ट पार्दै उनले यसको सट्टा “शुद्ध अपराधको घटना” भने।

नगर प्रमुख मेयर लोरी लाइटफुटले यसलाई “गहिरो पीडादायी” भनिन । “तपाईंलाई अरूको सम्पत्ति लिन वा नष्ट गर्ने अधिकार छैन,” उनले भनिन्। “हामी हाम्रो शहर अपराधी र सतर्कताहरूले कब्जा गर्न दिनेछैनौं, चाहे तिनीहरू को हुन् र उनीहरू के गरिरहेका छन्।”

पक्राउ परेकालाई लुट्ने, अराजकतापूर्ण व्यवहार गर्ने र प्रहरीको विरुद्धको आक्रमणको अभियोग लगाइएको ब्राउनले भने । उक्त घटना पछि शिकागोमा राती ८ बजे देखि बिहान ६ बजे सम्म जान प्रतिबन्ध लगाईएको छ ।

अदालतका न्यायाधिसले आगामी ३० दिन सम्म यो लागू हुने बताए । बस(यात्रीयान) तथा रेलहरु रद्ध गरिएको थियो पछि प्रहरीको आग्रहमा सोमबार बिहान खुलेको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया