बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:४७
वासिङटन डिसी 19:02

कोरोनाको महामारीमा पनि एचडीएनपीले टेक्ससमा बृहत रुपमा घरबार बिहिनलाई खाना खुवायो

विजय थापा २०७७ साउन २६ गते १४:१० मा प्रकाशित

डिसी । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल नामक संस्थाले टेक्सास राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिव तथा घरबार बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खुवाउदै आएको खाना बृहत रुपमा गत अगस्त ९ का दिन खुवाएको छ ।

कोरोनाको महामारीमा र टेक्ससमा अत्यधिक रुपमा कोरोनाको वृद्धि भै रहेको अवस्थामा सामाजिक दूरी कायम गर्दै ,मास्क (मुखावरण) लगाउदै उनीहरुलाई खाना,लुगा र उनीहरुको स्वाथ्यलाई ध्यानमा राख्दै मुखावरण,हात सफा गर्ने समान लगायत वितरण गरेको छ ।

आयोजकले उक्त कार्यक्रमको नाम नै मेगा होमलेस फिडीङ्ग प्रोग्राम( बृहत घरबार बिहिनलाई खाना खुवाउने कार्यक्रम) राखेका थिए।

साथै हरेक ३ महिनामा गरिने कार्यक्रमलाई कोष चाहने भएकोले आर्थिक सहयोग गर्नु हुने सबै प्रायोजक ,स्वयम् सेवक ,सौजन्यकर्ता ,बिशेष रुपमा ब्रेट बेल,मिस लेटिटिया ओवेन्स,मेलिसा डेन्ट ,हुओङ्ग हुवान ,कोरी क्यालावे,भक्त भण्डारी ,मोहन केसी लगायतलाई एचडीएनपीको तर्फबाट संस्थापक देवी डेविड आचार्यले धन्यवाद दिएका छन् ।

स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको र यस्ता कार्यकममा अर्थको अभाव पनि हुने हुनाले सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको उनले बताए ।

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदानको आयोजना गर्दछ l संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया