बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:२६
वासिङटन डिसी 19:41

अमेरिकामा एकैदिनमा संक्रमित हुनेको संख्या ४७ हजार,मृत्यु हुनेको संख्या ५ सय १५

२ हप्तामा मात्र ९७ हजार बालबालिकाहरु कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ साउन २६ गते १३:१९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा संक्रमित हुनेको संख्या ४७ हजार ९ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ सय १५ रहेको छ । गत आईतबार अगस्त ९ का दिन जोन्स हप्किन्स बिश्व बिद्यालयले उक्त तथ्यांक निकालेको हो ।

गत शनिबार अगस्त ८ का दिन कोभिड-१९ बाट एकैदिनमा ५६ हजार १ सय ७४ जना संक्रमित भएका थिए भने मृत्यु हुनेको संख्या १ हजार ७६ पुगेको थियो ।

गत शनिबार भन्दा गत आइतबार संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ ।

अमेरिकामा हालसालै गरिएको एक प्रतिबेदन अनुसार अमेरिकामा जुलाईको २ हप्तामा मात्र ९७ हजार बालबालिकाहरु कोरोनाबाट संक्रमित भएका छन् । उक्त तथ्यांक अमेरिकन बाल प्रतिष्ठानले २ हप्तामा जांच गरेको मध्ये ४० प्रतिसत बालबालिकामा अमेरिकाभरिमा कोभिड-१९ बाट संक्रमित भएको उल्लेख गरेको छ ।

अमेरिकाको विभिन्न राज्यहरुमा फरक उमेरका १४ बर्ष सम्मका बालबालिकामा उक्त जांच गरिएको थियो । अमेरिकामा हाल सम्म १ लाख ६५ हजारको मृत्यु भै सकेको छ भने ५१ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन ।

श्रोत : सिएनएन

प्रतिक्रिया