बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:४४
वासिङटन डिसी 19:59

आन्मा तथा अनेसास मिजौरी च्याप्टर,सेन्ट लुईसको आयोजनामा तेश्रो सांस्कृतिक साँझ प्रस्तुति हुने

इनेप्लिज २०७७ साउन २५ गते २२:०५ मा प्रकाशित

आगामी अगस्त २१ ,शुक्रबारका दिन एसोसिएसन अफ नेपालिज इन मिडवेस्ट अमेरिका(आन्मा)तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिसौरी च्याप्टर,सेन्ट लुईसको आयोजनामा तेश्रो सांस्कृतिक साँझ प्रस्तुति गर्ने भएको छ ।

हाम्रा सम्पूर्ण दर्शक,सदस्य ,शुभचिन्तक,संगीतप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहभागी भै दिनु हुन् हामी सयुक्त रुपमा सबैमा आग्रह गर्दछौ ।

अहिले देखि नै भित्ते पात्रोमा चिन्ह लगाउन अनुरोध गर्दै नेपाल,अमेरिका र अन्य मुलुकका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति लिएर उपस्थिति हुनेछौ ।

आन्माको तर्फबाट अध्यक्ष बलराम पन्थी तथा अनेसास मिजौरी च्याप्टर सेन्ट लुईसकी अध्यक्ष उर्मिला निर्दोषीले कार्यक्रम संचालन गर्नु हुने छ । पहिलो र दोश्रो कार्यक्रम अपार सफलतापूर्वक सम्पन्न भए पछि पुन: कार्यक्रम ल्याउन मांग भए पछि यहाहरुको समक्ष तेश्रो सांस्कृतिक कार्यक्रम लिएर आउने जमर्को गरेका छौ ।

बिगतमा नेपाल,अमेरिका लगायत अन्य मुलुकबाट कलाकारहरुमा राम कृष्ण ढकाल,सुरेन्द्र श्रेष्ठ ,नलिना चित्रकार,ड़ा सुमन लाल श्रेष्ठ,कैलाश कायस्थ,दिलिप नेपाल,मुरारी गुरागाई,रिया ढकाल ,तारा ढकाल ,डा रानी शाक्य ,पवन ओली ,डा चुणामणी खनाल ,ओम गुरुङ्ग लगायतले प्रस्तुति गरि सक्नु भएको छ ।

आन्मा तथा अनेसासका चारै महादेशका पदाधिकारी तथा सदस्यहरुले उक्त कार्यक्रम सफल बनाउन साथ र सहयोग गर्नु भएको थियो । आऔ ! सबै कलाकारहरुलाई हौशला र प्रोत्साहन गरौ ।

कार्यकम :

कहिले :अगस्त २१ ,शुक्रबार ,२०२०
समय :७ बजे शिकागो समय (सेन्ट्रल टाइम ),न्यूयोर्क समय ८ बजे ,५ बजे क्यालिफोर्निया समय र नेपाल समय ५:४५ बजे( शनिबार अगस्त २२ )

प्रतिक्रिया