बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:२०
वासिङटन डिसी 19:35

मेरिल्याण्डमा दुई स्थानमा गोली चल्दा ३ जना अस्पतालमा भर्ना

इनेप्लिज २०७७ साउन २५ गते १६:२८ मा प्रकाशित

मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीका दुई स्थानमा छुट्टा छुट्टै गोली चल्दा ३ जना अस्पतालमा भर्ना भएका छन । मोन्टगोमेरी काउन्टी प्रहरीका अनुसार पहिलो गोली चलेको ठाउँमा कसैले खबर गरे पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

उक्त गोली काण्डमा एक पुरुष र एक महिला घाइते भए पछि उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

उक्त घटना मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिंग मा शनिबार साँझ ८:३० बजे न्यु क्युबेक टेरेसमा भएको थियो ।

मोन्टगोमेरी काउन्टीका प्रवक्ता रेबेका इनोसेन्टिले उक्त घटना बारेमा छानबिन भै रहेको र अन्य जानकारी नभएको बताएका छन । पहिलो गोली चलेको करिव डेढ घण्टा पछि गेथर्सबर्गको मोन्टगोमेरी भिलेज एभेन्यु नामक गल्ली छेउमा रहेको लेकफोरेस्ट मल(बिशाल बजार)मा कैयौ गोली चलेको खबर प्रहरीले पाएका थिए ।

उक्त घटनामा प्रहरीहौ त्यहाँ पुगेका थिए जहाँ एक व्यक्तिलाई गोली हानिएको थियो । उनलाई पनि अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था पनि स्थिर रहेको छ । हाल सम्म उत्क दोश्रो घटनामा पनि कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएका छन ।

उक्त घटनाको जांच गेथर्सबर्ग प्रहरी अनुसन्धान गरि रहेको छ ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया