बुधबार, असोज ७ २०७७
काठमाडौं ०६:४३
वासिङटन डिसी 20:58

डिसीमा गोली चल्दा १७ बर्षिय किशोरको मृत्यु ,२० जना कर्तब्यमा नरहेका प्रहरी सहित घाइते

इनेप्लिज २०७७ साउन २५ गते १५:३६ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा गोली चल्दा १७ बर्षिय किशोरको मृत्यु हुनुको साथै २० जना कर्तब्यमा नरहेका प्रहरी सहित घाइते भएका छन । उक्त घटना डिसीको दक्षिणपूर्वमा आइतबार बिहानीपख भएको हो ।

उक्त क्षेत्रमा ठूलो मानिसहरुको भेला भएको समयमा गोली चलेको हो । आइतबार बिहान १ बजे डिसीको ३३०० भवन समूहको डुबोईस प्लेस नामक स्थानमा वडा ७ मा घटना भएको प्रहरीले जनाएका छन ।

प्रहरी प्रवक्ताका अनुसार कम्तिमा ९ जना मानिसहरुलाई बिभिन्न अस्पतालमा उपचारको लागि लगिएको छ । १७ बर्षिय क्रिस्टोफर ब्राउन नामक किशोरको गोली लागि निधन भएको छ । उक्त किशोर आफ्नो हजुरआमासंग डिसीको मिनेसोटा एभेन्यु(गल्ली)मा बस्दथे जहा भोजको आयोजना गरिएको स्थानमा उनको मृत्यु भएको हो ।

उक्त घटनामा अन्यलाई पनि गोली प्रहार गरिएको थियो । प्रहरीका अनुसार उक्त काण्डमा कम्तिमा ३ जना बन्दुकधारी थिए भने उनीहरुसंग हाते बन्दुक रहेको थियो ।

उनीहरुले एकैचोटी ३ स्थानमा आक्रमण गरेका थिए ।

श्रोत : डब्लुटिओपी तस्बिर : डब्लुयुएसए९

प्रतिक्रिया