भुवन चैत्य बसुन्धरा फाउण्डेसनको प्रेस बक्तव्य

इनेप्लिज २०७७ साउन २५ गते १५:२० मा प्रकाशित

भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार श्रावण २५ गते अलग अलग कार्यक्रमका वीच प्रदान गरियो।

५ दशक देखि नेपाली चलचित्र र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मा लाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समय देखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत श्री भैरब बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ । दुबै पुरस्कारों राशी जनही एकाउन्न हजार रहेको छ।

कोभिड -१९ कोरोनाको संक्रमण बढीरहेको अबस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम जमघट नगरी फाउण्डेसनका पदाधिकारी र केही संचारकर्मीको उपस्थीतिमा सम्पन गरिएको थियो । बिशिष्ट नृत्य निर्देशक श्री भैरब बहादुर थापालाई पुरस्कार र सम्मान अर्पण कार्यक्रममा का म न पा वडा नं ५ का वडा अध्यक्ष श्री रमेश डंगोल,निर्देशक श्री समझना उप्रेती रौनियारको उपस्थिती रहेको थियो भने विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मा लाई पुरस्कार र सम्मान अर्पण गर्ने कार्यक्रममा विशिष्ट चलचित्रकर्मी श्री हरिहर शर्मा को उपस्थिती रहेको थियो।

स्थापना बर्षको पुरस्कार गत बर्ष चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको थियो ।

(मोहन निरौला)
सचिव
भुवन चैत्य बसुन्धरा फाउण्डेसन
मिति- २५/०४/२०७७

प्रतिक्रिया