लुम्बिनी, सिदार्थ गौतम र बुद्द धर्म

महेश भट्टराई २०७७ साउन २५ गते १:५३ मा प्रकाशित

गौतम बुद्द नेपालमा जन्मिए । आज पनि बुद्द नेपालमा जन्मेको भनेर संसारमा प्रचार प्रसार गर्न हामीले घाटी सुकाई रहेका छौ । बुद्दको जन्म स्थान लुम्बिनीको माटो बेचेर पर्यटन उध्योग बाट पैसा भित्राउने सपना बेचिरहेका छौ।

लुम्बिनीमा टुरिष्टहरू रंग रोगनले पोतिएका बुद्दको गुब्बा हेर्न होइन बुद्द जन्मेको भुमिमा बुद्द धर्मको प्रयोग, चालचलन, ब्यबहार कति र कसरी भएको छ भनेर हेर्न आउछन ।

तर शासक, नेता र जनता बुद्द धर्म मान्न तयार छैनन । कृषी, किसान,गाई भैसि बिना खिर खाने शौक वा नेपाली ।

आज नेपालमा बुद्द धर्म मान्नेहरू संख्या घट्दो क्रममा छ । नेपालको जनगणना २००१ मा ११% रहेका बौद्दिष्ट २०११ मा ९% मा झर्न पुग्यो ।

बुद्द धर्म आज नेवारमा शाक्य जाती र केहि किराती लिम्बु हरूको पकडमा रहेको देखिन्छ । केहि यीनै भिक्षूहरू भित्र पनि धन संमत्ति मोहमा लिप्त र भ्रष्ट देखिन्छन । दुखद: गेरूवा बश्त्रमा राजनिति, पद, पैसा र जालजेलमा लिप्त भिक्षूहरू पनि भेटिन्छन ।

अर्को तितो पक्ष बाहुन, गरिब र जनजातीहरू अटाउन वा आत्मज्ञान प्राप्त गर्न वा भिक्षु बन्न सकिरहेका छैनन । बिदेश बाट भित्र्याइएका भिक्षु र स्तुपले नेपाल र नेपालीको दिर्घकालिन कसरि होला ? यस्ता सत्य तथ्य बारे बहश हुनु जरूरि छ ।

आज पनि हामी नेपाली आफ्नै अगाडिको लुम्बिनी र बुद्द धर्म भन्दा प्यारो बेद ब्यासले लेखेको शास्त्र/कथा रामायण र महाभारतका कथाका पात्रहरू लाई भगवान मान्छौ । ढुगाको काल्पनिक पात्रको मुर्ति बनाउछौ । जति नै गीता र दर्शन पढे पनि काम, क्रोध, लोभ र मोह त्याग्न र सहि आत्मज्ञान प्राप्त गर्न सकि रहेका छैनौ । ब्रामण- ब्रम्ह ज्ञान हुनु पर्नेमा पुजारी र टपरे बाहून हुन पुग्यौ।

धर्म र मनको शान्तीको नाममा पुजा गर्छौ, बलि चढाउछ्यौ, पंडित लाई दान दिन्छ्यौ ! मन्दिर भित्र ढुगांको मुर्ति संग शुख र शान्तीको भिख माग्छ्यौ गिडगिडाउछ्यौ ।

पृथ्बी माताले दिएको मानव जातिको प्राणदान अन्नलाई भष्म पारेर सप्ताह र महायज्ञ गर्छ्यौ । शुख, शान्ती, ज्ञान आफै भित्र खोज्नु, प्रयोग गर्नु र प्राप्त गर्नुको सट्टा अरूले दिवोस भनेर निधार थाप्छौ ।

धन्य छौ हामी हरेक बर्ष बुद्द जयन्ती मनाउछौ । खुकुरी, बन्दुक बारूद बोकेका र मानव जातिको रगतको होली खेलेका रक्त्यामय हातहरू बाट उद्घाटन गछौ र तिनैबाट बुद्द दर्शनको उपदेश सून्छौ । तिनै लाई लुम्बिनी बिकाशको प्रमुख पद र जिम्मेबारी दिन्छौ । बुद्द भूमी लुम्विनीमा डलरको खेति र ब्यापार गछौ कठै भिक्षुहरूको मन र ज्ञानले कसरी स्विकार गर्छ होला ?

जसले बुद्द धर्मै मान्दैनन वा ज्ञान छैन वा प्रयोग गर्दैनन, त्यस्तो मानिसले कसरी मनै बाट लुम्बिनी र बुद्द धर्मको बिकाश गर्न सक्लान ?
भिक्षुहरूले यस्तो मानिस लाई कसरी पुज्न, मान्न र स्विकार्न सके ?

आफ्नो गल्तिको सार्बजनिक क्षमा याचना वा आत्मग्लानि वा आत्मबोध र त्याग नगरि कसरि कम्युनिष्टहरू बुद्दको अनुयायी हुन सक्लान ?
हतियार, हत्या, करणी, भ्रष्टाचार, शोषण ,भौतिक संम्पत्ति, पद लोलुप, ढाट, झुट, कपट, सामाजिक अन्याय गर्ने शासकहरू कसरि लुम्बिनी प्रबेष गर्न सक्छन ?

आज कम्युनिष्टका शिर्ष नेताहरूले गरिब र जनजातीलाई बुद्द दर्शन दिनुको सट्टा क्रिचियन धर्माबलम्बी बनाई डलरमा बेचेका छन । आस्था, धर्म, स्तुप,मन्दिर तोडफोडको बिगत मेटाएर मेटिदैन ! कम्युनिष्टहरूले गरेको धर्म माथिको प्रहारले आज देश छटपटाई रहेको छ ! आज बुद्द धर्मको सट्टा क्रिचियन धर्माबलम्बी बढ्नुको प्रमुख कारण यहि हो ।

बुद्द र लुम्बिनीको बिकुल संसारमा फुक्नु भन्दा पहिले नेपाल देश भित्रै बुद्द दर्शनको बारेमा ज्ञान फैलाउनु जरूरि छ । हरेक नेपालीको मन र ब्यबहारमा बुद्द बस्न जरूरि छ । बुद्द धर्म बारे स्कुल, कलेज, बिश्वबिद्यालय , रिसर्च, पाठ्यक्रममा राख्नु पर्छ । मेरो बिचारमा देश नै बुद्दमय बनाउनु पर्छ ।

हामीहरूको आफ्नै मनलाई यी प्रश्नहरू सोध्न जरूरि छ ।

– ढुड्गाको मूर्ति पुज्नु उत्तम होला कि गरिबको सेवा गर्नु ?
– देवता वा राक्षस, स्वर्ग वा नर्क कसले देखेको छ ?
– के पुजा, ब्रत, वलि, तप, यज्ञ बाट आत्मज्ञान प्राप्त होला ?
– पुजापाठ ठिक कि ध्यान र योग ?
– ब्रामणलाई दान दिएमा पुण्य र शुख प्राप्त होला कि गरिबलाई गास ?
– मन्दिर बनाउनु राम्रो कि गरिबको झुपडि ?
– बाहूनको आर्शिबाद लाग्ला कि गरिबको आशिष ?
– धर्म भनेको आत्म ज्ञान, सच्चाआचरण र ब्यबहार हो वा आडम्बर ?

म हिन्दु धर्म बिरोधी हैन, तर अन्धभक्त रूढिबादी परम्परा बिरोधि पक्का हूॅ । हिन्दु धर्म बारेको गलत प्रचार, बुझाई, परम्परा र प्रयोगमा ठुलो सुधार र सत्य उत्तखननको आबश्यकता छ ।

हिन्दु र बुद्द धर्म मान्ने हामी नेपालीहरू सधै सबै चाडपर्बहरू साथसाथ मनाउछौ । हाम्रो मित्रता अनन्तकाल देखि नंग र मासुको छ । यो सधै रहिरहने छ।
अब हामीले हाम्रो सोच परिबर्तन गर्न धेरै ढिलो भै सकेको छ ।अज्ञानता र आत्मज्ञान नहुनु नै दुखको प्रमुख कारण हो।

लुम्बिनी र बुद्द धर्मको बिश्वमा प्रचार प्रसार गर्नु भन्दा हरेक नेपालीले आफ्नो मन, बचन र ब्यबहारमा प्रयोग गरेर देश नै बुद्दमय बनाउनु पर्छ । त्यस पछि मात्र विश्व हामी लाई हेर्न लाइन लाएर आउनेछन ।

-महेश भट्टराई

बुद्दम शरणम गच्छामी ।
धर्मम शरणम गच्छामी ।
ऊॅ शान्ती ।

प्रतिक्रिया