बुधबार, असोज ७ २०७७
काठमाडौं ०६:४९
वासिङटन डिसी 21:04

भर्जिनियाका समाजसेवी भिम रेग्मी पितृसत्तात्मक ” शोक ” मा

इनेप्लिज २०७७ साउन २५ गते १:१६ मा प्रकाशित

वाशिंगटन डिसी – संसारको चौरासी राष्ट्रहरुमा च्याप्टरहरु भएको अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का संस्थापक सदस्य तथा पुर्ब केन्द्रिय अध्यक्ष श्री भिम रेग्मीलाई पितृसत्तात्मक ” शोक ” परेको छ। अनेसासको बोर्ड अफ् ट्रस्टीका पुर्ब सह-अध्यक्ष समेत रहेका समाजसेवी रेग्मीका साँईला बुबा मोहन प्रसाद रेग्मीको बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गा मा निधन भएको हो।

दिबंगत मोहन प्रसाद रेग्मी पुर्ब स्थानीय बिकाश अधिकारी ( एल० डी० ओ० ), पि० डी० ओ० र मालपोत अधिकृत थिए । म्याग्दीको चर्चित बिद्यालय धवलागिरी मा० बि० सिङ्गा को बिद्यालय संचालक समितीको अध्यक्ष, पि० डी० ओ०, एल० डी० ओ० र मालपोत अधिकृत भई सेवा गर्दा दिबंगत मोहन प्रसाद रेग्मीले म्याग्दी जिल्लाबासीहरुलाई अबिश्मरणीय सहयोग गरेका थिए। तत्कालिन पंचायत कालमा र त्यसपछी पनी जिल्ला सदरमुकाममा कार्यालय प्रमुख हुँदा – सरकारीकार्यालयमा गएर बोल्न पनी नसक्ने सिधासाधा गाउँलेहरु र जिल्ला सदरमुकामका सरकारी कार्यालयहरुमा काम हुन नसकेर रोक्कीएका
जिल्लाबासीका कामहरु तत्कालिन् हाकिम मोहन प्रसाद रेग्मीले फटाफट सम्पन्न गरिदिन्थे ।

सिँगा गाउँको अबिभावक र जिल्ला सदरमुकामको कार्यालय प्रमुख भई निस्वार्थ भावनाले सेवा गर्दा जिल्लाबासीहरु माझ एकदमै लोकप्रिय भएपछी जिल्लाको माननीयको चुनाबमा – तत्कालिन पंचायती सरकारका शक्तिशाली मंत्री भिम प्रसाद गौचनले माननीय साँसद पद अफर गर्दा पनी मोहन प्रसाद रेग्मीले लिएनन् र आफ्नो जिल्ला , गाउँको सेवामै लागिपरे र समाजसेवा गर्दा गर्दै क्यान्सर रोगबाट ७६ बर्षको उमेरमा मोहन प्रसाद रेग्मीको निधन भयो।

नर्थ अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डिसी ( १९६७ ) का पुर्ब अध्यक्ष खेम भट्टचन भन्छन् – दिबंगत मोहन प्रसाद रेग्मी मेरो गाउँ सिंगा को अभिभावक हुनुहुन्थ्यो। गत: जनवरीमा म नेपाल जाँदा म आफै बिरामी परेर कसैलाई पनी भेट्न पाईन , तर , मितेरी नाताले दाजु नाता पर्ने भएतापनी – आफ्नो गाउँको अभिभावक हुनुभएकोले मोहन रेग्मीसरलाई उहाँको घरमै गएर भेटें , सिँगा गाउँ र म्याग्दी जिल्लाकै प्रिय ब्यक्ती मोहन रेग्मीसरको दु:खद निधनको खबरले मर्माहत भएको छु – भट्टचन भन्छन्।

दिबंगत मोहन प्रसाद रेग्मीका भतिजाहरु – नेपाली अमेरिकन सामुदायीक भवनका गोपाल रेग्मी र भिम रेग्मी भर्जिनियाका सक्रिय समाजसेवी हुन् ।मोहन प्रसाद रेग्मीको निधनको खबरले अमेरिकामा दु:ख मनाईरहेका नातेदारहरु र संघ संस्थाका सक्रिय म्याग्दी जिल्लाबासीहरु यसप्रकार छन् :

१) होमनाथ सुबेदी , संस्थापक अध्यक्ष, अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )
२) भिम रेग्मी , संस्थापक सदस्य तथा पुर्ब केन्द्रिय अध्यक्ष, अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )
३) गोपाल रेग्मी , नेपाली अमेरिकन सामुदायीक केन्द्र (न्याक), भर्जिनिया
४) पुरु सुबेदी , सह-अध्यक्ष / को-चेयर , बोर्ड अफ् ट्रस्टी , अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )
५) बासु सत्याल , बोर्ड अफ् ट्रस्टी , अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )
६) डा० कल्पना सत्याल , सोशाईटी अफ् अमेरिकन नेप्लीज नर्शेज ( सान )
७) खेम भट्टचन , पुर्ब अध्यक्ष , अमेरिका नेपाल सोशाईटी ANS, वाशिंगटन डिसी ( १९६७ )
८) रबिना थापा , महिला उपाध्यक्ष , एन० आर० एन० , आई० सि ० सि०
९) अमर छन्त्याल , बोर्ड निर्देशक , एन० आर० एन० , एन० सि ० सि० अमेरिका
१०) कुसुम भट्टचन , बोर्ड निर्देशक, नेपाल रास्ट्रिय आदिबासी जनजाती महिला संघ , अमेरिका
११) कल्पना सुबेदी , बोर्ड अफ् ट्रस्टी , अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )
१२) श्रीलाल सुबेदी , म्याग्दी प्रबाशी अन्तरास्ट्रिय संघ ( मोना )
१३) माधब प्रसाद शर्मा , म्याग्दी प्रबाशी अन्तरास्ट्रिय संघ ( मोना )
१४) पारसमणी श्रेष्ठ , बोर्ड निर्देशक , प्रबाशी नेपाली एकता समाज, अमेरिका
१५) ईन्द्र बहादुर थापा , अध्यक्ष , म्याग्दी समाज यु० एस० ए०

प्रतिक्रिया