आमाको मायाँले पुलपुलिएको खाडिको तोरी लाउरे

भोला थापा क्षेत्री २०७७ साउन २४ गते १६:१२ मा प्रकाशित

घनघोर जङ्गल छ हरेक रात बाघ हिड्छ (आक्रमण) गर्छ , बादर/भालुले मकै सत्यनास पार्छ दिउसै बस्न डर लाग्ने त्यस्तो ठाँउ त्यही नजिकै एउटा सानो घर , करिब २/३ सय मिटरको दुरीमा रहेका अन्य घरहरु झट्टै बोलाउदा नसुन्ने कोल्टे परेको ठाउँ त्यही ठाउँको एउटा गोठ जस्तो घरमा आफ्ना साना छोरा÷छोरी च्यापेर जिविको पार्जन गर्दै आएकी एक महिला देख्दा साह्रै नै दुःखमा जिविको पार्जन गरेकी होलीन जस्तो लाग्ने मनुमायाँको कथा फरक थियो ।

श्रीमान धेरै वर्षदेखी भारतमा काम गर्न गएपनि उनलाई कुनै वास्ता नगर्ने र घर पनि नफर्कने भएपछि मनुमायाँले ति छोराछोरीलाई दैनिकी ज्याला मजदुर गरेरपनि भोकै कहिले राखीन्न ।

उनले आफ्नो गासँ काटेर छोरा छोरीको पेट भर्ने मन मायाँले आफुले पानि मात्रै पियर कति दिन तल्लघरे अन्तरे काकाको खेतमा काम गर्न गएको पिडा छुट्टै सुनाउछिन ।

गरिवी र श्रीमानको पनि अत्तो पत्तो नभएपछि छोराछोरीलाई पनि नजिकैको सरकारी स्कुलमा पढाउन थालिन ज्याला मजदुर गरेरै भएपनि छोरा छोरीको कपडा ,खाना र पढ्ने कापी किताव उनले पुरा गर्र्थीन ।

गरिबीले थेग्न नसकेको परिवार एक जोड नयाँ कपडा किन्न पनि दशै नै कुर्नु पर्ने थियो । चप्पल चुडिन्थ्यो गाँउमा लाउरे आउदा क्यासेट बजाए र फालेका बेटरीका ढक्कनहरु थुप्रै भेटीन्थे तिनै ढंक्कनको साहारमा चप्पलको तल आफ्नो पटुकी च्यातेर छोराछोरीको चप्पल गाँस्ने गर्थीन ।

बेलुकी निद्रा लाग्दैन्थो २ रुपँयामा एक पाकेट गैडा चुरोट मिल्थो छोराछोरी सुते पछि चुरोट उनको साहार बन्थ्यो उनले आफ्नो पिडाहरु सबै त्यही चुरोटको धुँवाबाट नै उडाउथिन ।

श्रीमान धन कमाउन गएको वर्षौ हुदाँ पनि केही खबर नआएको पिडा मनमायाँलाई थियो नै तर सबै भन्दा ठुलो पिडा छोराछोरीको भविश्य कसरी उज्वल पार्ने भन्ने मात्र चिन्ता लाग्थो ।

उनको दैनिकी निरन्तर चल्दै गयो गरिब भएपछि समाजले हेप्ने प्रवृद्धी उनलाई धेरै थियो , समाजले उनलाई छोराछोरी छोडेर अर्कै सगँ जान पनि जोड गरेका थिए तर एक असल नारीको र दुखै दुःखले भरिएको मनमायाँको जिन्दगीमा अब छोरा ÷छोरीले साथ दिने बेलामा म किन अरुसगँ जानु भन्दै छोराछोरीको साहारा बनेर बसिन ।

एकदिन दुईदिन गर्दागर्दै मनमायाँका छोराछोरीले विहानको खाना र पानी पधेरी आफ्नै गर्न सक्ने भए । उनको मनमा खुसी लाग्न थाल्यो र “मन मनै भन्न थालिन अब म मेरेर गए पनि मेरो छोराछोरी भोक्कै मर्दैन्न होला” उनको मनमा हजारौ कुरा खेल्थे मनलाई आफैले /आफैलाई समाल्थीन ।

यसरीनै उनको जिन्दगी बित्दै गयो छोरा÷छोरी पनि ठुला भए र कमाउन तिर जाने तर्खरमा भएपछि मनमायाँले आफ्नो छोरालाई उनले गाउँकै एक व्यक्तिको साहारमा हराएको बाबु खोज्न भारत पठाईन भारतामा आफ्नो श्रीमान उतै रहेको १ महिना पछि खबर आयो । खबर सुनेर मनमायाँकोे खुसीको सिमा रहेन उनले सबै कुरा भुलिन सबै भन्दा ठुलो उनको आफ्नो श्रीमान भेटिकोमा खुसी थिईन ।

उनले पाएका सबै दुख पिडा आफ्नै कर्मलाई दोष दिन्थीन वर्षाै देखी हराएको श्रीमान भेटेर अब घर आउने भनेपछि मनमायाँको सधै बादलिएको अनुहार भिन्दै भयो ।

केही दिन पछि छोरा र श्रीमान घर आए गाँउलेको घुईचो लाग्यो हराएको भन्थे आएछ धन्न श्रीमती ठिक थिई बालबच्चा पालेर बसी सधै हेप्ने छिमेकीले पछाडीबाट कुरा काटिरहेका हुन्थे तर मनमायाँको मन कट्क्क खान्थ्यो ।

यसरीनै हुर्काएका छोरा छोरीले अहिले उनलाई एका एक साथ छोडेर उही हराएको श्रीमान र उनी पुरानै घरलाई लिपीपोती जङ्गलको छेउमै बसेका छन ।
उनको कहाली लाग्ने जिवनको कथा सुन्न जति मज्जा थियो पिडा त्यति थियो , जब छोराले कमाउन थाल्यो उमेर भयो विहे गरिदिए अहिले उ श्रीमती सगँ गाउँ छोडेर बजारमा बस्ने भन्दै गयो । अध्यारो अनुहार र नम्र वचनले मनमायाँ दुखाका कुरा सुनाउदै जान्छीन ।

उनको सबै छोरा छोरी विहे भयो छोरो कृष्णे पहिले परिवार लिएर शहर पसेदेखी सधै छोरालाई केही नहोस मात्र भन्ने आमालाई श्यामे र कृष्णे कहिलै आमा भेट्न आएन ।

कारण दुबैजना श्रीमतीहरुले अधिन राख्ने गर्दथे । कृण्णे खाडीमा धेरै कमाएर श्रीमतीलाई पठाउने गर्थो दुखमा हुर्काएकी आमाको भन्दा श्रीमतीको उस्लाई माया धेरै लाग्थो ।

एक दिन खाडीमा बालुवाको रापमा वेल्चा हान्दै थियो कृण्णेको फोनमा एक्कसे घण्टी बज्यो, नचिनेको नम्बरबाट आएको कल उठायो एक्कासे हेल्लो गर्न नपाउदै “ए बाबु तिमी कृण्ण हौ” म तिम्रो घरभेटी बजै हेर त तिम्री श्रीमती हिजो देखी यो सानो बच्चा छोडेर एक जना पुरुष सगँ बजार गएकी फर्कीएकी छैनन् बच्चा मैले राखेछु तिमी छिट्टै नेपाल आउ ।

यो शब्द सुन्न साथ कृण्णेको मुखबाट केही जवाफ आएन उसको जिवनमा धेरै पिडा भयो श्रीमती कहाँ गइन मनलाई समाल्न सकेन । एक हातमा मोवाईल एक हातको बेल्चा एकासे हात कापेर बालुवामा झर्न पुग्यो ।

यसरी आफुले यति विश्वास गरेको श्रीमतीले आफुलाई छोडेर गयो परपुरुष सगँ गएको निधो भयो उ बौलाउन मात्र बाकिँ थियो । न उसको सम्पती रह्यो न श्रीमती नै अनि कृण्णेले याद गर्यो ।

सायद मैले मेरी आमाको वचन नमानेको आँशुले सरापेको त हैन भन्दै नेपाल फर्कियो छोरो लिएर गाउ फर्कियो । अहिले उही पुरान अन्तरे काकाको खेतमा विरक्तका गीत सुन्दै छोरोलाई पिठ्यूँमा बोकेर हलो जोती रहेको छ ।

हाल कतार

प्रतिक्रिया