बुधबार, असोज ७ २०७७
काठमाडौं ०६:२४
वासिङटन डिसी 20:39

कोलोराडोमा महिला तथा किशोरीलाई गाडी चोरी गरेको भनि प्रहरीले गल्तीले हथकड़ी लगाए पछि

इनेप्लिज २०७७ साउन २४ गते ११:४३ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको अरोरामा अफ्रिकन अमेरिकन महिला तथा किशोरीलाई गाडी चोरी गरेको भनि प्रहरीले गल्तीले हथकड़ी लगाए पछि प्रहरीहरु विवादमा तानिएका छन् ।

र ,यसको लागि गत शुक्रबार अगस्त ७ का दिन कोलोराडो जिल्ला महान्यायधीवक्ताले यसको अनुसन्धान गर्न आदेश दिएका छन । गत आइतबारका दिन गल्तीको कारण सवारी साधनमा सवार महिला तथा किशोरीहरुलाई उनीहरुको अनुहार जमिनमा घोप्टो पार्न लगाएका थिए ।

प्रहरीले उक्त गाडी चोरीको हो भनि शंकामा उनीहरु सबैलाई नियन्त्रणमा लिएका थिए । यसमा गम्भीर अनुसन्धान गर्न भन्दै प्रहरीहरुले अपराध गरेका हुन् या हैनन भनि पत्ता लगाउन जिल्ला महान्यायधीवक्ताले भनेका छन ।

प्रहरी अधिकारीहरुको पहिचान भने सार्वजनिक भएको छैन । ति सबै किशोरीहरु नङ्ग (नेल)बनाउन जादै गर्दा उक्त घटना भएको हो र उनीहरुलाई जमिनमा राख्दा जेनिफर नाम गरेकी महिलाले भिडियो (श्रब्य दृश्य) खिचेकी थिईन ।

अचानक प्रकाउ परे पछि किशोरी मध्ये कै एक किशोरी रुदै आमासंग कुरा गर्न चाहन्छु भनेकी थिइन् । अर्की किशोरीले मेरो दिदीसंगै यहाँ हुन् सक्छु भनेकी थिइन् ? ६ देखि १७ बर्ष सम्मका किशोरी र ती मध्ये कै एक २९ बर्षिय आमा साथमा रहेकी थिइन ।

गत आइतबार सवारी साधन अडान क्षेत्र(पार्किङ्ग लट)मा उक्त सानो गाडी चोरीको शंकामा उनिहरुलाई प्रहरीले रोकेका थिए । अरोरा प्रहरीका अनुसार उक्त सवारी साधनमा भएको दर्ता संख्या (प्लेट न ) चोरी भएको कुनै मोटरसाइकल(भटभटे)को रहको बताए ।

जब अधिकारीहरूले चोरिएको भटभटे फरक राज्यबाट दर्ता संख्या भएको थाहा पाए, तिनीहरूले “संलग्न सबैलाई हप्काए, के भयो भनेर वर्णन गर्न प्रयास गरे, र सार्वजनिक रुपमा माफी मागे,”

श्रोत : एनबिसी न्युज डटकम

प्रतिक्रिया