बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:५०
वासिङटन डिसी 19:05

अमेरिकामा कोरोनाभाइरसबाट कूल ५० लाख संक्रमित ,एकैदिनमा संक्रमित हुनेको संख्या ५८ हजार

१२ सयको मृत्यु

इनेप्लिज २०७७ साउन २४ गते १०:५९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५८ हजार १ सय ७३ पुगेको छ भने १ हजार २ सय ४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स बिश्वबिद्यालयले गत शुक्रबार अगस्त ७ का दिन उक्त तथ्यांक निकालेको हो । गत बिहिबार अगस्त ६ का दिन एकैदिनमा कोभिड-१९ बाट ५९ हजार ६ सय ९२ मानिसहरु संक्रमित भएका थिए भने १ हजार २ सय ५० को मृत्यु भएको जानकारी जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको थियो ।

अमेरिकामा केही दिन देखि मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । बिहिबार भन्दा संक्रमित र निधनहुनेको संख्यामा वृद्धि भएको छ । अमेरिकामा हाल सम्म ५० लाख मानिस संक्रमित छन भने कूल मृत्युहुनेको संख्या १ लाख ६३ हजार पुगेको छ ।

एक बिदेशी नीति पत्रिकाले कोभिड-१९ सम्बन्धि बिश्व ग्लोबल रेस्पोन्स इंडेक्समा अमेरिकालाई टर्की, ईरान, मेक्सिको र इन्डोनेशियाको साथमा संसारका छ वटा सबैभन्दा खराब प्रदर्शन गर्ने देशहरूको सूचिमा राखेको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया