बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:५४
वासिङटन डिसी 19:09

वाशिंगटन राज्यमा किशोरीद्वारा दुई नाबालिग बालकलाई यौन आक्रमण गरेकोमा पक्राउ

इनेप्लिज २०७७ साउन २४ गते २:०३ मा प्रकाशित

अमेरिकाको वाशिंगटन राज्यको याकिमा शहरमा एक किशोरीले दुई नाबालिग बालकलाई यौन आक्रमण गरेकोमा प्रहरीले पक्राउ गरेको छ ।

उक्त १९ बर्षिय किशोरीले ५ बर्ष र ९ बर्षका बालकहरुलाई बलत्कार गरेको घरमा जडान गरिएको श्रब्यदृश्य(भिडियो) सहितको ढोकाको घन्टीले समाते पछि उनि पक्राउ परेकी हुन ।

उक्त घटना गत अगस्त ५ का दिन ४:४० बजे दिउसो याकिमा शहरको स्पुर्स गल्ली स्थित आवासगृहमा घटेको हो ।

उक्त घटनामा प्रहरी त्यहाँ पुग्दा उक्त किशोरीले अर्को दिशा तर्फ भागेकी थिइन । उनलाई समात्न प्रहरीले बल प्रयोग गर्नु परेको थियो भने उनले प्रतिकार पनि गरेकी थिइन् । उनलाई प्रथम श्रेणीको बाल यौन गरेको दुई वटा अभियोग लगाईएको छ । साथै उनले प्रहरी अधिकारीहरुलाई सहयोग गर्न अवरोध पुर्याईएकोमा समेत अभियोग लगाईएको छ ।

श्रोत : केआइएमए -टिभी न्युज / एबिसी न्युज

 

प्रतिक्रिया