‘नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउन नभइ आम नागरिकहरुमा सजगताको खांचो’

टंक पन्त २०७७ साउन २३ गते १८:५३ मा प्रकाशित


काठमाडौ । कोरोना महामारीले नेपाललाई पनि अस्तब्यस्त बनाउदै गएको छ । जुन बेला एक दुइ जना मात्र कोरोना सक्रमित देखिएका थिए त्यतिबेला पुर्ण रुपमा लकडाउन गरिएको थियो तर अहिले दैनिक सरदर पांच सय  कोरोना सक्रमित देखिएका बेला लकडाउन खुलेको कारण समाज भयभित र त्रसित हुदै गएको छ ।

समाजमा बढेको त्रास कति बढेको छ भन्ने कुरा नागरिकहरुले गर्ने गरेको प्रतिक्रियाबाट स्पष्ट हुने गरेको छ । मानौ कि कोरोना संक्रमण सरकारले नै निम्त्याएको हो कि भन्ने गरी नागरिकहरुले सामाजिक संजाल र मिडियाबाट प्रतिक्रिया ब्यक्त गर्ने गरेका छन । तिनै नागरिकहरु जसले लकडाउन खुले पनि आफै सचेत हुनु पर्छ , माक्स नलगाई हिडनुहुदैन र भौतिक दुरी कायम गर्नुपर्छ भन्ने कुरालाई बुझेर पनि नबुझै गरी भिडभाड गर्ने , भिडभाडमा पुगिहालियो भने भौतिक दुरी कायम गर्नुपर्छ भन्ने कुरा तर्फ मतलब नै नगरेको देखिने गरेको छ ।

कोरोना महामारी बिश्वमै फैलिएको छ र त्यसको सामना नेपालले पनि गरेको छ र सरकारले आफ्नो क्षमताले भ्याए सम्म आफनो ठाउंबाट भुमिका पनि खेलिरहेको छ । तर पनि नागरिकहरुको लापर्बाहीले गर्दा सक्रमितहरुको संख्या बढिरहेको छ । जुन रुपमा संख्या बढिरहेको छ त्यो हिसाबले भन्ने हो भने लकडाउन पुर्ण रुपमा गर्नुपर्ने आबाज पनि निकै बलियो रुपमा बाहिर आएको छ ।

नागरिक समाजका अगुवा एबं बरिष्ठ चिकित्सक डा सुन्दरमणि दिक्षितले चाडो भन्दा चाडो लकडाउन नगरिए देशले बिरामी थेग्न नसक्ने स्थिति आउने चेतावनी दिनुभएको छ भने बरिष्ठ चिकित्सक डा प्रेम ज्ञवालीले लकडाउन गर्र्नेै पर्ने परिस्थिति आएको र सो निर्णय गर्न ढीला भैसकेको बताउनुभएको छ । तर कोरोना महामारी नियन्त्रणका लागि मध्येका एक क्रियाशील ब्याक्तित्व सरकारी अस्पतालकै बरिष्ठ चिकित्सक डा शेरबहादुर पुनले लकडाउन समस्याको समाधान नभएको स्पष्ट पार्नुभएको छ ।

नागरिकहरु सचेत भएर सामाजिक दुरीका साथ काम गरेमा लकडाउन गर्न नपर्ने भन्दै डा पुनले १५ दिन लकडाउन गरयो भने पनि लकडाउन खुलेको भोलिपल्ट बजारभरि नागरिकहरु कोरोना पुर्ण रुपमा अन्त्य भयो कि जस्तै निस्कने र भौतिक दुरी तर्फ बेवास्ता गर्ने गरेको यथार्थ चित्रण राख्नुभएको छ । यति सम्म कि लकडाउन गरिएको बेला सुरक्षा कर्मी नदेखे भीडभाड गर्ने सुरक्षाकर्मीको गाडी देख्ना साथ दगुर्दैै लुक्ने ठाउ खोज्ने गरेको पनि देखियो , नागरिकहरु आफै सजग हुनुपर्नेमा चार पाच महिना सम्म सचेत नभएको जस्तो गर्नुलाई के भन्ने डा पुन प्रश्न गर्नुहुन्छ ।

कोही पनि अनाबश्यक रुपमा बाहिर निस्कियो भने चीनमा जसरी खोजि खोजी कारबाही गर्छ त्यसरी कारबाही गर्न पनि नेपालमा गाह्रो छ , डा पुनले लोकतन्त्रको उपयोग भन्दा दुरुपयोग भएको तर्फ सकेत गर्देै नागरिकहरुलाई चीनमा जस्तो गल्ती गर्नेलाई खोजी खोजी कारबाही गर्न पनि संभब नभएको जस्तो देखिन्छ भन्नुभएको छ ।

रोटरी क्लब अफ काठमाडौ डाउनटाउनको शुक्रबारको बैठकमा अतिथि बक्ताको रुपमा आउनुभएका सरुवा रोग बिशेषज्ञ डा पुन भन्नुहुन्छ , कोरोना सक्रमण नियन्त्रण भौतिक दुरी कायम गर्ने र सबै कार्यस्थलमा सजग भएर गर्ने हो भने लकडाउन नगरिकन पनि गर्न सकिन्छ सर्बोत्तम उपाय पनि त्यहि हो तर सजगता पटक्कै देखिएको छैन ।

माक्स लगाउने र बोल्दा माक्स नखोल्ने गर्ने हो भने पनि धेरै हद सम्म जोगिन सकिन्छ त्यसैले कोरोना महामारी नियन्त्रण हामी आफैले सजग र सचेत भएर गर्ने हो कुनै बिदेशी मुलक आएर गरिदिने होइन र औषधि पनि अहिले सम्म पत्ता लागेको अबस्था छैन । अर्को कुरा औषधि पनि पत्ता लाग्ने बित्तिकै प्रयोग गर्ने कुरा पनि हुदैन —डा पुनले भन्नुभएको छ , कोरोना सक्रमणले मात्रै नागरिकहरुको मृत्यु हुदैन उसमा अन्य रोग पनि छ र कमजोर खालको भएमा त्यसले गभीर असर गर्ने रहेछ भन्ने कुरा अहिले सम्मको अनुभब समेतले देखाएको छ त्यसैले उपचार पछि सजग नभएमा पुन कोरोना लाग्न सक्छ भन्ने कुरामा सबैले ख्याल गर्नुपर्छ ।

माक्स लगाउने तर बोल्ने बेला माक्स खोल्ने बानी हामी कहा निकै छ त्यो कदापि गर्नुहुदैन भन्दै डा पुनले कोरोना सक्रमणनका बिमारी उपचार पश्चात फर्केपछि उनीहरु प्रति समाजले हेर्ने गलत दुष्टिकोणले गर्दा कतिपयले आत्महत्या गर्ने गरेको र त्यो संख्या पनि चिन्तालाग्दो भएको बताउनुभएको छ । डा पुन थप्नुहुन्छ , उपचारपछि डेरामा बसेको भए त्यो घरभरिका अन्यले गलत दृष्टिले हेर्ने , पसलमा जादा उसले दिएको पैसा नलिने सम्मका घटना भएको पाइएको छ । पसल वा कसैले पनि त्यस्तो ब्यबहार झुक्किएर पनि गर्नुहुदैन बरु उत्साहित हुने खालका शब्दले सबोधन गर्नुपर्छ त्यो बास्तबिक नागरिकको दायित्व हो ।

रोटरी क्लब अफ काठमाडौ डाउनटाउका अध्यक्ष श्याम पराजुलीको अध्यक्षतामा भएको बैठकमा डा शेरबहादुर पुनले कोरोना महामारीबाट डराउने भयभित हुने होइन सचेत र सजग हुन्े हो भने लकडाउन नगरेपनि हामीले नेपालमा सहजै नियन्त्रण गर्न सक्छौ तर नियन्त्रण कहिले सम्म हुन्छ भन्ने कुरा भन्न सक्ने अबस्था नभएको स्पष्ट पार्नुभएको छ । उहाले कारोनाका कारण अन्य रोगका बिरामीको समस्या हुने गरेको संकेत पनि गर्नुभएको छ ।

 

प्रतिक्रिया