सङ्क्रमण फैलिन नदिन पालिकाले लगाएको बन्दाबन्दीलाई प्रशासनले सहयोग रहेका

इनेप्लिज २०७७ साउन २२ गते २१:१७ मा प्रकाशित

विराटनगर,२२ साउन।मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सङक्रमण फैलिन नदिन स्थानीय पालिकाले लगाएको बन्दाबन्दीलाई प्रशासनले सहयोग गरेको बताउनु भएको छ।

मोरङ जिल्लामा पदभार ग्रहण पश्चात आज आयोजित पत्रकार भेटघाटमा उहाँले सङक्रमण रोकथामका लागि सवन्धित निकायसँग सम्वन्य कायम गर्नुका साथै सीमा क्षेत्रमा कडाइ,सामजिक दुरी कायम गर्न,सेनेटाइजर गर्न र सर्तकता अपनाउन समुदायका जनचेतना वृद्धि गर्ने कार्य गरेको जानकारी दिनु भयो।

एक प्रश्नको जवाफमा प्रजिअ निरौलाले जिल्लामा सङ्क्रमित विरामी राख्ने आइसोलेशको सङख्या केही दिनभित्र प्रदेश सरकारबाट वृद्धि हुनेमा विश्वास व्यक्त गर्दै सरकारी नीति कार्यान्वयन,सुशासन र पारदर्शी कायम राख्नु आफ्नो मुख्य जोड हुने धारणा राख्नु भयो।

सहायक प्रजिअ ध्रववहादुर खड्काले जिल्ला प्रशासनले सेवाग्राहीलाई दिन सेवा सुचारु रहेको जानकारी दिनु भयो।

पत्रकार भेटघाटमा नपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल,उपाध्यक्ष कुमोद अधिकारी मोहन मानन्धर, विक्रम निरौला लगायतले समुदायमा सङक्रमत फैलिन नदिन प्रशासनले गरेको कार्यका सम्वन्धमा जिज्ञासा राख्नु भएको थियो।

प्रतिक्रिया