फूलबुट्टे सारी बोलको तीज गीत सार्बजनिक

इनेप्लिज २०७७ साउन २२ गते १०:५१ मा प्रकाशित


फूलबुट्टे सारी बोलको तीज गीत सार्बजनिक भएको छ । विन्दु परियारको आवाजमा शान्तिप्रियको शब्द तथा सुदिप सागरको एरेञ्ज तथा संगीतमा यो गीत आएको हो ।
रंग पत्रकार एवं गीतकार शान्तिप्रियले यसै तीजमा तीन गीत लेखेका छन् । जसमये उनको यस अघि रातो सारी बोलको गीत सार्बजनिक भैसकेको छ । रिलिजका हिसावमा फूलबेट्टे सारी उनको दोश्रो गीत हो । सिफनको सारी बोलको उनको तेस्रो गीत आउने क्रममै छ । गीतकार शान्तिप्रिय आधुनिक, चलचित्र एवं सांस्कृतिक गीत लेख्ने गर्छन् । महिला हिन्दुहरको महान पर्व तीज लक्षित गरेर सांस्कृतिक परम्परालाई आत्मसात गर्दै आफूले मौलिक गीत लेख्ने गरेको उनले बताए ।

गायिका विन्दु परियारको फूलबुट्टे सारी यस वर्षको पहिलो तीज गीत हो । चलचित्र एवं आधुनिक गीत गायनमा चर्चित रहेकी विन्दुले फूल बुट्टे सारी मौलीक भएकोले पनि आफूलाई मन परेको बताइन् । आफूले गायनको करियरमै शान्तिप्रिय दाईको गीत गाएर गायन शुरु गरेको र वहाकै तीज गीत गाउन पाएकोमा खुशी व्यक्त गरिन् ।

फूलबुट्टे सारी गीतका एरेञ्जर तथा संगीतकार सुदिप सागर हुन् । खासगरी एरेञ्जरका रुपमा परिचित सुदीपले यस गीतको संगीत समेत गरेका छन् । संगीतकारका रुपमा आफुलाई विश्वास गरेकोमा गीतकार शान्तिप्रियलाई उनले आभार समेत प्रकट गरे ।

फूलबुट्टे सारीमा अभिनेत्री अनामिका चौलागई मोडलका रुपमा छिन् । यसै वर्ष तीजमै पनि उनले तीन गीतमा मोडलिङ गरेकी छिन् । मोडल अनामिकाले यो गीतको शब्द, संगीत एवं स्वर लगायत सबै काम राम्रो भएकोले आशावादी बनेको बताइन् । आफूले नाँच्नलाई सक्दो मेहनत गरेको उनले बताइन् ।

फूलबुट्टे सारीको नृत्य निर्देशक एवं निर्देशक राजिव बलामी हुन् भने सम्पादन पनि उनी आफैले गरेका छन् । गीतको छायांकार राजु केसी हुन् भने श्रृंगार दीभिषा शर्माले गरेकी छिन् । गीतमा शान्तिप्रियकै निर्दिष्ट रहेको छ । छायाँछवि क्रियशनले निर्माण गरेको यस गीत फूलबुट्टे सारी सीसी नेपाल युटुव च्यानलबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया