बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:३२
वासिङटन डिसी 18:47

भर्जिनिया स्वत: कोरोना भएको थाहा पाइने अनुप्रयोग(एप्स)प्रयोग गर्ने अमेरिकामै पहिलो राज्य

इनेप्लिज २०७७ साउन २२ गते २:०२ मा प्रकाशित

भर्जिनिया स्वत: कोरोना भएको थाहा पाइने अनुप्रयोग(एप्स)प्रयोग गर्ने अमेरिकामै पहिलो राज्य भएको छ । भर्जिनियाका गभर्नरले आज उक्त घोषणा गरेका छन ।

भर्जिनियाले उक्त नयाँ प्रविधि एप्पल र गुगलसंग लिएको हो । तर राज्य अधिकारीहरू नयाँ अनुप्रयोग भर्जिनिया बाहिर राम्रोसँग काम नगर्ने बताएका छन ।

भर्जिनिया राज्यमा बसोबास गर्ने बासिन्दाले नि: शुल्क रुपमा संचार उपकरणहरुमा कोविडवाइज एप्स नामक अनुप्रयोग प्राप्त गर्न सक्नेछन । अगस्त ५ बुधवारका दिन सम्म सम्म एप्पल या र एन्ड्रोइड प्रयोगकर्ताहरुले एप्स स्टोर(पसल)हरूमा गएर कोविडवाइज एप्स डाउनलोड (अवाहरति) प्रयोग गर्न सकिने भएको छ ।

यो प्रयोग गर्दा सम्भावित गोपनियताको सवालमा भर्जिनिया राज्यका अधिकारीहरुले गोपनीयता-सुरक्षा सुविधाहरूमा बारम्बार जोड दिए। उनीहरुले यो अनुप्रयोग सुरक्षित रहेको विश्वास दिलाएका थिए ।

अब, म तपाईहरू सबैले ध्यानपूर्वक सुन्न आग्रह गर्दछु । म स्पष्ट हुन चाहन्छु, यो अनुप्रयोग, कोविडवाइजले गर्दैन, – म त्यसलाई दोहोर्याउनेछु – तपाईंको व्यक्तिगत जानकारी खोज गर्ने वा भण्डारण गर्दैन। यसले तपाईलाई कुनै पनि चिज खोज या पछ्याउदैन “भर्जिनियाका गभर्नर राल्फ नर्थमले पत्रकार सम्मेलनमा भने।

यो अनुप्रयोगको विकास क्यालिफोर्निया स्प्रिंग एमएमएलले गरेको हो ।

श्रोत :एपी.डब्लुटिओपी

प्रतिक्रिया