कतार सरकारद्वारा पिडीत नेपालीलाई लाखौको राहत सहयोग

रिम बक्स मियाँ/कतार २०७७ साउन २१ गते २२:०४ मा प्रकाशित

रिम बक्स मियाँ/कतार

कोरोना संक्रमणको कारण समस्यामा परेका नेपालीहरुलाई कतारको एक सरकारी संस्थाले आफ्नो दोस्रो चरणको वृहत राहत प्याकेज (फुड किट) प्रदान गरेको छ। कतार सरकारको आन्तरिक मन्त्रालय र प्रतिष्ठित च्यारिटी संस्था कतार च्यारिटी मार्फत दोस्रो चरणको राहत प्याकेज प्राप्त भएको जानकारी एनसीसी कतारले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।

कोरोनाको महामारीले नेपाली कामदाहरुमा परेको खाधान्न समस्यालाई न्युनिकरण गर्न कतार च्यारिटीले एनसीसी कतारको संयोजकत्वमा करीव डेढ करोड रुपैयाँ बराबरको खाधान्न वितरण गरी सकेको छ।

पहिलो चरणको राहत प्याकेजको कुल राशी तथा गुणस्तरबारे मिडिया र समुदायमा भिन्नभिन्न धारणाहरु बनेका कारण च्यारिटीको दोस्रो राहत अनुदानबारे मिडिया मार्फत समुदायमा जानकारी दिन सम्मेलन गरिएको एनसीसीका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले बताए।

ईस्लाम धर्मावलम्बीहरुको पबित्र पर्व ईद उल अजहाको अवसरमा ‘हामी सबैको एउटै ईद’ भन्ने उद्देश्यले कतार सरकारको आन्तरिक मन्त्रालयद्वारा एनसीसी कतार मार्फत कोरना भाइरस (कोभिड-१९) को कठिन अवस्थामा खाद्य सामाग्रीको समस्यामा रहेका नेपाली श्रमिकहरुलाई खाद्य सामाग्री (फुड कीट) उपलब्ध गराउन गरिएको आग्रह र सहजीकरणका निमित्त तथा खाध सामाग्री भण्डारण तथा वितरण प्रक्रियाबारे सबैमा सहज जानकारी प्रदान गर्न अध्यक्ष मुसलमानले मिडिया कर्मीहरुलाई आग्रह गरे।

अध्यक्ष मुसलमानले बिगतमा राहत प्याकेज समान नहुँदा धेरै गुनासाहरु सुन्नु परेको, तर दोस्रो चरणको च्यारिटी बक्समा कुनै असमानता नहुने उनको दावी थियो।

अलमीरा कन्जुमर मार्फत खरीद तथा प्याकिंङ्ग गरिएको फुड किटको मूल्य एक प्याकेट बराबर करीव १३६ रियाल बराबरको रहेको र २२५० वटा कुल राहत प्याकेज एनसीसीले प्राप्त गरेको पत्रकारहरुलाई जानकारी दिईएको थियो।

कतारमा स्थापित संघसंस्थाहरुको सहयोग र समन्वयमा राहत प्याकेज वितरण गरिने अध्यक्ष मुसलमानले जानकारी दिए। कतारमा स्थापित संघसंस्थाहरुको सहयोग र समन्वयमा राहत प्याकेज वितरण गरिने अध्यक्ष मुसलमानले जानकारी दिए।

पछिल्लो समय विभिन्न समस्यामा परेका पिडित नेपालीहरुको सहयोगमा जुटी रहेको एनसीसी कतारले कतारका व्यवसायी तथा अग्रजहरुको सहयोगमा स्वदेश फर्किनै पर्ने तर हवाई टिकटको व्यबस्था गर्न असमर्थ ५५ जना नेपालीहरुको लागि हवाई टिकट व्यबस्था गरेको छ।

कार्यक्रममा आईसीसी सचीव आरके शर्मा, मध्यपूर्व संयोजक प्रबिण गुरुङ्ग, आईसीसी सल्लाहकार टीवी कार्की लागायत आईसीसी सम्वद्द विभिन्न ओहिदासीन प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रतिक्रिया