कोभिड–१९ सङक्रमणबाट दुईको मृत्यु

मनोज दाहाल २०७७ साउन २१ गते २१:३९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २१ साउन।कोशी अस्पताल विराटनगरमा आज दुई जना सङक्रमितको मृत्यु भएको।

यसरी मृत्यु हुनेहरुमा कोशी अस्पतालको आइसोलेशनमा उपचारको क्रममा रहेका विराटनगर– ९ का ४५ वर्षीय पुरुष र रंगेली नगरपालिका–८ दर्वेसाका ४५ वर्षीय पुरुष रहेका अस्पतालका मेडिकल सुपरिटेण्डन्ड डा चुमनलाल दासले बताउनु भयो।

विराटनगरका मृतकलाई ज्वरो र कमलपित्तको समस्या रहेकोमा उपचारका लागि मङ्गलबार अस्पताल ल्याइएको थियो।

यसैगरी रङ्गेलीका मृतकलाई स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि आज ल्याउने क्रममा अस्पतालमा मृत्यु भएको डा दासले बताउनु भयो ।प्रदेशमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया