बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:३८
वासिङटन डिसी 18:53

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)को आयोजनामा तीज महोत्सव २०२० हुने

इनेप्लिज २०७७ साउन २१ गते २१:३६ मा प्रकाशित

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)को आयोजनामा तीज महोत्सव २०२० हुने भएको जानकारी न्याक जुम तीज महोत्सव आयोजक समितिले दिएको छ ।

उक्त तीज महोत्सव जुम पद्धतिबाट गरिने छ भने तीजका गीतहरु सहितको कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा बालबालिकाका नृत्य,वयस्कको नृत्य तथा नाटक पनि समावेश गरिने भएकोले इच्छुक सबैलाई सहभागी हुन अनुरोध गरिएको छ ।

बालबालिका सहभागी हुन् १२ बर्ष माथिको हुनै पर्नेछ भने सिट सीमित रहेको आयोजकले जनाएका छन् । प्रत्येक प्रस्तुति ५ मिनेट भन्दा कम समयको हुनु पर्ने छ । कार्यक्रममा सहभागी हुन् प्रथम दर्ता गर्नेले प्रथम प्राथमिकता पाउने छन ।

इच्छुक हुनेले आयोजक समितिका निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सक्नु हुनेछ । कमला पन्थी-७०३-४५९-३८६८ अथवा सुनिता सुबेदी -७०३-२२९ -३५१६ संग आफ्नो नाम अगस्त ८ ५ बजे सम्म सम्म बुझाउनु पर्ने छ ।

जुम तीज महोत्सव आयोजक समिति

Please call to be included for performances:

All performances must be in Teej songs. The plan is for Children dances, Adult dances, Adult songs, and a drama.

Dancing children must be > 12 years old – seats are limited.

Each performance must be < 5 minutes.

Participants will be chosen on first come first serve basis.

Please contact Kamana Panthi at 703-459-3868 or Sunita Subedi at 703-229-3516 to list your name by 5PM on 8/8/2020 to sign up.

Thank you.

NACC Zoom Teej Organizing Committee

प्रतिक्रिया