प्रदेश नं. १ मा १८ जना सङक्रमित थप , ९० बर्षिया वृद्धा सहित ५७ जना निको भै घर फर्के

मनोज दाहाल २०७७ साउन २१ गते २१:३४ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर, २१ साउन । प्रदेश नं. १ मा आज १८ जना सङ्क्रमित थपिएका छन्।

प्रदेशमा आज गरिएको ६१६ जनाको पीसीआर परीक्षणमा ५ महिला सहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङमा १४, इलाममा दुई, उदयपुर र सुनसरीमा एक÷एक जनामा सङ्क्रमण देखिएको छ।

मोरङको विराटनगरमा चार महिला सहित १०, सुनबर्षीमा तीन र धनपालथानमा एक, इलामको इलाम नगरपालिका र सुर्योदयमा एक÷एक, उदयपुरको त्रियुगामा एक महिला र सुनसरीको धरानमा एक जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।प्रदेशमा सङ्क्रमितको सङख्या एक हजार १८९ पुगेको छ।

प्रदेशमा ९० वर्षीया बृद्धा सहित ५७ जना आज निको भै घरफर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल (कोभिड –१९) उपचार केन्द्र विराटनगरबाट २१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

सामाजिक विकामन्त्री जीवन घिमिरे , कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा चुमनलाल दास र स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानवहादुर वस्नेतले विराटनगर केन्द्रबाट आज निको भै घरफर्कनेहरुलाई विदाई गर्नुभएको थियो । निको भै घर फर्कने पूर्वसङक्रमितहरुमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका छ÷छ ,धनकुटा, उदयपुर र ते¥हथुमका एक÷एक जना रहेका छन् । प्रदेशमा निको हुने सङक्रमितको सङ्ख्या ८८७ पुगेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया