बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:३२
वासिङटन डिसी 19:47

अमेरिकामा आँधीको कारण कम्तिमा ४ जनाको मृत्यु

इनेप्लिज २०७७ साउन २१ गते १:५१ मा प्रकाशित

अमेरिकामा आँधीको कारण कम्तिमा ४ जनाको मृत्यु भएको छ । आँधिबेरी ईसाआएस मंगलबार अगस्त ४ का अमेरिकाको पूर्वी तटमा नर्थ क्यारोलाइनामा आएको आँधी घुम्रपात (टोर्नाडो)मा परिणत भए पछि कम्तीमा चार व्यक्तिको मृत्यु भएको हो ।

र यसले बाढी र आगलागी गराउदा दर्जनौं मानिस विस्थापित हुन् पुगेका छन ।

आँधी घुम्रपात (टोर्नाडो)मा परिवर्तन हुँदा गतिशील घरका दुई वासिन्दाको मृत्यु भएको छ । यसै गरि यही आंधीको कारण मेरिल्याण्डमा एक र न्यूयोर्कमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ ।

ईसाआएस पहिले १८ घण्टा भन्दा बढी ६५ प्रति माइल प्रति घण्टामा आएको थियो भने पछि ५० माइल प्रति घण्टामा साँझ ८ बजे झरेको मौषम विभागले जनाएको छ ।

उक्त आंधी उत्तरतिर बढ्दै जाँदा न्यु योर्कको हडसन नदी उपत्यकामा बाढीको खतरा चेतावनी दिएको थियो।

श्रोत : एपी ,तस्बिर:गुगल खोज

प्रतिक्रिया