बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:३५
वासिङटन डिसी 18:50

मेरिल्याण्डमा आएको सामुन्द्रिक आँधिहुरीबाट रुख ढल्दा चालकको मृत्यु

दक्षिणी मेरिल्याण्ड निकै क्षति

इनेप्लिज २०७७ साउन २१ गते ०:३७ मा प्रकाशित

मेरिल्याण्डमा आएको सामुन्द्रिक आँधिहुरीबाट रुख ढल्दा चालकको मृत्यु भएको छ भने दक्षिणी मेरिल्याण्डलाई निकै क्षति पुर्याएको छ । ईसाआइएस नामक आंधीहुरी आज बिहान डिसी क्षेत्र काटेको थियो भने उच्च वर्षा हुरी र बाढी आएकोले सर्वत्र सावधान र सतर्कता अपनाइएको छ ।

मेरिल्याण्डको सेन्ट म्यारी काउन्टीमा ज्यादै क्षति पुर्याएको छ । मंगलबार आएको आंधीले गर्दा बिहान ९:३० बजे मेकानिक्सभिल भन्ने स्थानमा रुख खस्दा चालकको सवारी साधनमा निधन भएको छ ।

कम्तिमा पनि बिहानै दुई वटा घुम्रपात (टोर्नाडो) दक्षिणी मेरिल्याण्डमा आएको थियो । बिहानै ६:४५ मिनेटमा उक्त क्षेत्रमा आएको नेसनल मौषम सेवा विभागले जनाएको छ ।

मौशम सेवा विभागले मंगलबार ५:३० सम्म उत्तरपश्चिम डिसीमा बाढीको प्रभाव हुने हुनाले चेतावनी दिएको थियो ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया