मोरङमा २० सहित प्रदेश नं.१ का ४३ जनामा सङक्रमण देखा पर्यो

इनेप्लिज २०७७ साउन २० गते २१:३४ मा प्रकाशित

विराटनगर, २० साउन । प्रदेश नं.१ मा आज ४३ जनामा सङ्क्रमण देखा परेको छ।

प्रदेशमा आज ९९७ जनाको पीसीआर परीक्षण गरिएकामध्ये छ महिला सहित ४३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङका २०, सुनसरीका १२, झापाका आठ, इलामका दुई र प्रदेश बाहिरका एक जनामा सङक्रमण देखा परेको छ । सङक्रमितहरुमा मोरङको विराटनगरका चार महिला सहित ११, बुढीगंगाका एक महिला सहित चार, लेटाङ र केराबारीका दुई÷दुई र उर्लाबारीका एक जना रहेका छन्।

यस्तै सुनसरीको दुहवीका चार, इटहरी एक महिला सहित चार , धरानका तीन, इनरुवाका एक र झापाको कचनकवलका तीन, दमक र गौरीगञ्जमा दुई÷दुई ,भद्रपुरका एक, इलामको सुर्योदयका दुई र प्रदेश नं २ को धनुषाका एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा सङ्क्रमितहरुको सङख्या एक हजार १७१ जना पुगेको छ । प्रदेशमा आज उपचाररत एक जना सङक्रमित जिल्ला अस्पताल खोटाङबाट निको भै घर फर्केको छ। निको हुने सङक्रमितको सङ्ख्या अहिलेसम्म ८३० पुगेको छ।

प्रदेशमा सङक्रमणबाट मृत्यु हुनेको सङख्या चार पुगेको छ जसमा मोरङको विराटनगर र सुनवर्षीका एक÷एक जना रहेका छन् भने अन्य दुई जना प्रदेश वाहिरका रहेका मन्त्रालयले जनाएका छ ।

प्रतिक्रिया