बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:१५
वासिङटन डिसी 19:30

पेन्सेलभेनियामा कमर्चारीले ग्राहकलाई मुखावरण लगाउनु आग्रह गर्दा गोली प्रहार,संदिग्ध पक्राउ

इनेप्लिज २०७७ साउन २० गते ११:०८ मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनियामा एक कमर्चारीले ग्राहकलाई मास्क (मुखावरण) लगाउन आग्रह गर्दा उनि माथि गोली प्रहार भएको छ । यसै शिलशिलामा प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

उक्त घटना पेन्सेलभेनियाको एक सिगार(तमाखुनालिका)पसलमा भएको हो । उक्त व्यक्तिलाई अपराधिक मानव हत्याको प्रयासको आरोप लगाईएको छ ।  प्रहरीका अनुसार ३५ बर्षिय एडम माइकल जाबोरोस्कि नामक ग्राहक बेथलेहेम नगर-क्षेत्रको सिंगार इन्टरनेसनल पसलमा मुखावरण नलगाई गत शुक्रबार पसेका थिए ।

पेन्सेलभेनियाका गभर्नरले कुनै पनि व्यवसायमा जाँदा मुखावरण लगाउन आदेश दिएता भए पनि उक्त व्यक्तिले नलगाए पछि बादबिबाद हुँदा गोली चलाएका हुन् । उक्त व्यक्ति क्रोधित हुँदै आफै सिगार लिएर पैसा नतिरी बाहिर गएका थिए । कर्मचारीले पैसा नदिईकन बाहिर निस्के पछि पछ्याउदै गई आफ्नो सामान ल्याएका थिए ।र उक्त व्यक्तिले उनलाई गोली हान्नु भन्दा अगाडी हावामा गोली चलाएका थिए ।

त्यस पछि उनि भागेका थिए । पेन्सेलभेनिया राज्य प्रहरीका अनुसार उनलाई अर्को दिन पक्राउ गरिएको थियो । कर्मचारीलाई अस्पताल भर्ना गरिएको छ भने जाबोरोस्किलाई उत्तेजित हमला,अनुमति नभएको बन्दुक बोकेको लगायतका अभियोग लगाईएको छ

श्रोत : सिएनएन

प्रतिक्रिया