बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:४९
वासिङटन डिसी 20:04

अमेरिकामा एकै दिनमा संक्रमितको संख्या ४५ हजार,५ सय ४२ जनाको मृत्यु

इनेप्लिज २०७७ साउन २० गते १०:३८ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४५ हजार ५ सय ८५ पुगेको छ । यसै गरि गत सोमबार अगस्त ३ का दिन मृत्यु हुनेहरुको संख्या ५ सय ४२ पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको छ ।

गत आइतबारको आँकडा अनुसार एकैदिनमा संक्रमितको संख्या ४७ हजार ५ सय पुगेको थियो भने अगस्त २ का दिन मृत्यु हुनेको संख्या ४ सय १३ रहेको जनाएको थियो ।

यता राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस कोरोनाभाइरस कार्यबलको संयोजक डा डेबोरा ब्रिक्सलाई सामाजिक संजाल मार्फत आलोचना समेत गर्न भ्याएका छन । हाल सम्म अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ४८ हजार पुगेको छ भने ४८ लाख २१ हजार मानिस संक्रमित रहेका छन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया