ब्लड क्यान्सरबाट ग्रसित बालकलाई सहयोगी मनहरुको सहयोग

विश्व राज थापा २०७७ साउन १९ गते १२:५५ मा प्रकाशित


काठमाण्डौं । सहयोगी मनहरुको समाज काठमाण्डौंले ब्लड क्यान्सरबाट ग्रसित बालकलाइ उपचार सहयोगार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
शनिबार समाजले बिगत २ महिना देखि ब्लड क्यान्सरबाट ग्रसित भई काठमाण्डौंको कान्ति बाल अस्पतालमा उपचाररत अर्घाखाची पेणेनाका ९ बर्षिय बालक बिष्णुहरि पोखरेललाई उपचार सहयोगार्थ रु ५० हजार रकम हस्तान्तरण गरेको हो ।
ब्लड क्यान्सरबाट ग्रसित बालकलाई पछिल्लो समय कलेजोमा समेत समस्या देखिएको र परिवारको आर्थिक अवस्था समेत कमजोर रहेकाले बालकको उपचारमा कठिनाई उत्पन्न भएकाले सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दे समाजका अध्यक्ष कृष्ण ज्ञवालीले बालकको बालकको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे उपचारमा केही सहयोग पुगोस भन्ने उद्धेश्यले उक्त रकम प्रदान गरेको बताउनुभएको छ ।
सहयोग रकम लिदै क्यान्सर पीडितका बाबुनारायण पोखरेलले सहयोगका लागि समाजलाई धन्यबाद दिनुभएको छ । अर्घाखाचीमा खेतबेरी छ , त्यसको लालपुर्जा राखेर अस्पतालले उपचार गर्देन । आम्दानीको अरु स्रोत केही छैन। तपाईहरु जस्तै सहयोगी मनहरुको आशा छ, पोखरेलले भन्नुभयो ।
ग्ह भरि आशु पार्दे पोखरेलले ब्लड क्यान्सरको उपचार चलिरहदा लिभरमा पनि समस्या देखिएको र उपचार प्रक्रिया लामो र खर्चिलो हुने भएकाले सहयोगका लागि सबै समक्ष अपिल समेत गर्नुभएको छ , उहाले भन्नुभयो , मेरो संसार नै यही एउटा छोरा हो ,बाबुको जीबन रक्षा गरिदिनुहोस ।
महासचिब हरि मानन्धर,सदस्य शिब ज्ञवाली र अन्जु कार्कीले बालकको स्वास्थ्य लाभको कामना गर्दे आगामी दिनमा पनि सकेको सहयोग जुटाउन लागि पर्ने बताउनुभएको छ ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया