बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:१६
वासिङटन डिसी 19:31

अमेरिकामा कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या घट्दो ,एकैदिनमा संक्रमितको संख्या ४७ हजार

इनेप्लिज २०७७ साउन १९ गते १०:४५ मा प्रकाशित

अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या घट्दो अवस्थामा रहेको छ । गत आइतबारको आँकडा अनुसार एकैदिनमा संक्रमितको संख्या ४७ हजार ५ सय पुगेको छ । अघिल्लो दिन शनिबार एकैदिनमा कोरोनाबाट संक्रमितको संख्या ५८ हजार ४ सय ६ पुगेको थियो । संक्रमितको संख्यामा करिव १० हजार तल झरेको छ ।

गत शनिबार अगस्त १ का दिन जोन्स हप्किन्स बिश्वबिद्यालयले निकालेको तथ्याँक अनुसारकोभिड-१९ बाट मृत्यु हुनेको संख्या १ हजार १ सय ३३ पुगेको थियो । आइतबार मृत्यु हुनेको संख्यामा पनि कमि आएको छ भने अगस्त २ का दिन मृत्यु हुनेको संख्या ४ सय १३ पुगेको छ ।

गत हप्ताका दिनहरु भन्दा झन्डै आधामा मृत्यु संख्या घटेको हो । हाल सम्म अमेरिकामा मृत्यु हुनेको संख्यामा १ लाख ५७ हजार पुगेको छ भने ४७ लाख ७१ हजार मानिस संक्रमित रहेका छन ।

श्रोत :सिएनएन

प्रतिक्रिया