बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:२९
वासिङटन डिसी 18:44

कोरोना भाइरसको कारण लर्ड एण्ड टेलरद्वारा टाट उल्टेको घोषणा

इनेप्लिज २०७७ साउन १९ गते २:०५ मा प्रकाशित

कोरोना भाइरसको कारण झन्डै २ सय बर्ष पुरानो लर्ड एण्ड टेलरले टाट उल्टेको घोषणा गरेको छ ।

१ सय ९४ बर्ष पुरानो खुद्रा पसलले टाट उल्टेको घोषणा गर्दै कानुनी रुपमा दर्ता गराएको छ । लर्ड एण्ड टेलरले च्याप्टर ईलेभेन ब्याङ्करप्सी प्रोटेक्सन अर्थात् आर्थिक रुपले खरानी तालमा पुगेको भन्दै आइतबार भर्जिनियाको पूर्वीय जिल्ला अदालतमा दर्ता गराएको छ ।

उक्त प्रतिष्ठान न्यूयोर्कमा स्थापना भएको थियो । आइतबार दर्ता गराउदै ३८ वटा स्थानमा आफ्ना पसलहरु संचालनमा रहेका थिए तर कोरोना भाइरसको कारण मार्च २०२० देखि अस्थायी रुपमा बन्द भएको उल्लेख गरेको छ ।

१८२६ मा बेलायती आप्रवासीहरुले म्यानह्याटनमा पसल खोलेका थिए । त्यसपछि १८५३ मा दोश्रो र १८६० मा तेश्रो पसल खोलेका थिए ।

श्रोत :न्यूयोर्क टाइम्स/सिएनएन

प्रतिक्रिया