बाढी पिडितलाई उवासंघ र ग्लोबल आइएमी बैंकद्धारा राहत प्रदान

वीरेन्द्र रावल २०७७ साउन १८ गते १८:२२ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,साउन १८÷ साउन १४ र १५ गते सम्म परेको अविरल बर्षा पछि आएको बाढीले प्रभावित भएका कैलालीको भजनी नगरपालिकाका पिडितहरुलाई राहत प्रदान गरिएकोछ।

कैलाली उद्योग बाणिज्य संघ धनगढी र ग्लोबल आइएमई बैंकको सुदूरपश्चिम प्रदेशले संयुक्त रुपमा उपलब्ध गराइएको राहत भजनी नगरपालिकाकी उपप्रमूख छायाँ देवकोटा र कैलालीका प्रमूख जिल्ला अधिकारी यज्ञ राज भटट्लाई संयुक्त रुपमा हस्तान्त्रण गरिएको छ।

सो अवसरमा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, उपाध्यक्ष शिब कुँवर र ग्लोबल आइएमई बैंक सुदूर पश्चिम प्रदेशका प्रमूख मुकुन्द भट्टले दाल,चामल, नुन, तेल संयुक्त रुपले प्रमूख जिल्ला अधिकारी यज्ञराज बोहरा र भजनी नगरपालिकाकी उपाध्यक्ष छायाँ देवकोटालाई हस्तान्त्रण गर्नु भएको थियो ।

राहत हस्तान्त्रणका अवसरमा कैलाली जिल्लाका प्रमूख जिल्लाका प्रमूख जिल्ला अधिकारी यज्ञराज बोहराले बाढी प्रभावित क्षेत्रका मानिसहरुका लागि मानवीय नाताले सहयोगहरु प्राप्त भैरहेकोले लक्षित समुदायिलाई पारदर्शि ढंगले राहत वितरण गरिनु पर्ने बताउनु भएको।

डुवानमा परेका मानिसहरुका लागि राहत संकलन कार्यहरु भैरहेको र दाता संघ संस्थाहरुले राहत प्रदान गर्ने कार्यहरु भैरहेकोले त्यसको सहि सुदपयोग होस् भन्ने बिषयमा नगरपालिका चनाखो भएर लाग्ने कुरा भजनी उपमहानगरपालिकाकी उपप्रमूख छायाँ देवकोटाले बताउनु भयो । कैलाली उदोग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मानिसहरु आप्त बिपत पर्दाका बखत नै मानवीय सहयोगको जरुरत पर्ने भएकाले सबै संघसंस्था र सरोकारवाला निकाय लाई राहत प्रदान गर्ने दिसामा पहल गर्न पनि आग्रह गरेका छन् अध्यक्ष कुँवरले राहतका नाममा मानिसहरुको जीवन माथी खेलवाड गर्ने र अखाद्य पदार्थहरुको विगविगी बढीनै हुने भएकाले त्यस विषयमा पनि नगरपालिका र राहत प्रदान गर्ने व्यक्तिहरुले गम्भीरताका साथ सोच्नु पर्ने बताउनु भएको छ।

साउन १५ गतेदेखि खुुल्ला आकाश मुनी ,हुलाकी सडकको छेउ छाउमा बसिरहेका बाढी पिडितहरुले उचित राहत पाउन नसकेको गुनासाहरु सुनिन थालेकाले सरकारले तत्काल राहत वितरण कार्यक्रमहरुलाई प्रभावकारी रुपले अगाडी बढाउनु पर्ने माग सर्वंत्र उठेको देखिन्छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया