विराटनगरका १२ सहित प्रदेशका २७ जनामा सङक्रमण देखियो

इनेप्लिज २०७७ साउन १८ गते १३:१४ मा प्रकाशित

विराटनगर, १८ साउन।प्रदेश नं. १ को विराटनगर महानगरपालिकामा १२ सहित प्रदेशका २७ जनामा सङक्रमण आज देखापरेको छ।

प्रदेशमा आज १ हजार ९३ जनाको कोभिड–१९ परीक्षण गरिएकामध्ये पाँच महिला सहित २७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिनु भयो।सङ्क्रमित हुनेहरुमा मोरङका १६ र सुनसरीका ११ जना रहेका छन्।

विराटनगरका चार महिला सहित १२, कटहरीका दुई ,ग्रामथान र बुढीगंगाका एक÷एक, सुनसरीको धरानका एक महिला सहित नौ, बराहक्षेत्र र इटहरीका एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताउनुभयो।

प्रदेशमा सङ्क्रमितको सङख्या एक हजार ७१ पुगेको छ।यस्तै प्रदेशबाट आज सात जना सङक्रमित निको भै घरफर्केका छन्।कोशी अस्पताल (कोभिड –१९) उपचार केन्द्र विराटनगरमा उपचाररत पाँच महिला सहित सात जना सङ्क्रमित निको भै घर फर्केको मन्त्रालयले जनाएको छ।प्रदेशमा निको हुने सङ्क्रमितको सङख्या ८२१ पुगेको छ।

प्रतिक्रिया