प्रदेश नं. १ का प्रदेश प्रमुख अधिकारीद्वारा तीन विधेयक प्रमाणीकरण

मनोज दाहाल २०७७ साउन १८ गते १३:०९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१८ साउन । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज तीन बटा विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा(२) वमोजिम प्रमाणीकरण गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले प्रदेश सभाको वैठकबाट पारित भई प्रमाणीकरण लागि पेश हुन आएका ‘प्रदेश बनको व्यवस्था गर्नको लागि बनेको विधेयक’ , ‘प्रदेश प्रहरीका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को संशोधन गर्ने सम्वन्धमा बनेको विधेयक’ प्रमाणीकरण गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया