शनिबार, मंसिर १३ २०७७
काठमाडौं ११:०१
वासिङटन डिसी 00:16

गैह्र कानूनी हत्यामा न्यायमूर्तिको विवेक

मोहन घिमिरे,हाल अमेरिका ,भर्जिनिया २०७७ साउन १७ गते १३:११ मा प्रकाशित

अपराध  कानूनले नगर्नु भनेको काम गर्नु र कानूनले गर्नु भनेको काम नगर्नु हो।  अपराध घटना, अवस्था र प्रकृतिको आधारमा फरक प्रकारका हुन्छन् । अपराधको प्रकृतिको आधारमा अपराध वर्गीकरण गरिन्छ।  केहि अपराध राज्यसंग सम्वन्धित हुन्छन्, केहि अपराध व्यक्ति वा समाजसंग सम्वन्धित हुन्छन् ।  समाजमा देखिएका अपराध मध्ये राज्य, व्यक्ति र सम्पत्ति सम्बन्धि अपराध  विशेष रुपमा अभ्यासमा आएका देखिछन् ।  यी अपराध प्रत्यक्षरुपमा समाजसंग जोडिएका छन्। समाजसँग अझ बडी सरोकार राख्ने र अपराधको प्रकृतिसङ्ग धेरै चासो भएको कारणले हत्या सम्बन्धि अपराध गम्भिर अपराध हो।  अपराधका धेरै चरणहरु   भएको कारणले गर्दा  हत्या सम्बन्धि अपराधको सबुत प्रमाण, अनुसन्धान प्रकृया पनि जटिल छ।  न्याय दिने सवालमा पनि यो अपराधको प्रकृति छुट्याउन धेरै अनुसन्धान गर्नु पर्ने हुन्छ। हामी सबैलाई थाह भएकै कुरा हो  हत्या एउटा जघन्य अपराध हो।

हत्या एउटा मानवले अर्को मानवको जीवन गैह्र कानूनी तवरले अन्त्य गर्नु हो।  हत्या तीन प्रकारमा विभाजन गर्न सकिन्छ।

१, न्यायिक हत्या : अख्तियार प्राप्त व्यक्तिले काननून बमोजिम गरेको न्यायिक हत्या

२, क्षम्य हुने हत्या: आफ्नु आत्मा रक्षाकोलागि गरिएको हत्या

३, क्षम्य नहुने हत्या : कानूनले क्षमा नदिने हत्या

यी हत्या मध्ये क्षम्य नहुने हत्याको बारेमा यो लेखमा चर्चा गर्न खोजिएको छ। भर्खरै नेपालको सम्मानित सर्वोच्च अदालतबाट सम्मानित सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायधिस समेतको इजलासबाट  भएको एउटा हत्या सम्बन्धि फैसला समेतमा जिज्ञासा जागेको हुदा यो विषयमा अध्यान गर्न उत्सुकता जगाएको छ।  कानूनले अपराध मानेको  र राज्यबाट सजाय हुने हत्या पनि तीन प्रकारमा  विभाजन गर्न सकिन्छ।

१, मनयापूर्वक गरिएको हत्या(कर्तव्य ज्यान):  हत्या गर्ने व्यक्तिले मनसायपूर्वक योजना बनाई कसैको ज्यान लिनु अर्थात हत्याराको मनसाय र कार्यबाट परिणाममा कसैको हत्या हुनु।

२, आवेशप्रेरित हत्या: आवेशमा आएर कसैको हत्या गर्नु

३, भवितव्य हत्या: मनसायविहिन हत्या

यी उल्लेखित हत्याहरुको आ-आफ्नै फरक फरक अपराध प्रकृति, अनुसन्धान र सजाय छन। यी मध्ये यो लेखमा छलफल गर्न खोजिएको हत्या आवेशप्रेरित हत्या हो। यसलाई अंग्रेजीमा voluntary manslaughter भनिन्छ। कानूनले व्याख्या गरेको आवेशप्रेरित हत्या मसायपुर्वक योजना बनाई गरेको हत्या भन्दा फरक हत्या हो जसमा अनुसन्धान गर्ने निकाय र न्यामूर्तिले अभियोग लागेको व्यक्तिको पर्याप्त उत्तेजना वा आवेग पुष्टि गर्नु पर्छ। यदि उत्तेजना वा आवेग पुष्टि भएन भने त्यो मनसायपुर्वक भएको हत्या अर्थात कर्तव्य ज्यान मान्नु पर्छ।

पर्याप्त उत्तेजना पुष्टि गर्नको लागि अनुसन्धान गर्ने निकाय वा न्यायमुर्तिले कसैको अनुहार, लिङ्ग, उमेर, पद, योग्यता र दवाव विना अन्धो बनेर देहायको परिक्षण गर्नु पर्दछ।

,   अभियुक्त अचानक तिव्ररुपमा आवेग वा उत्तेजनामा आएको हुनु पर्दछ।  यो उत्तेजना उसमा मात्र होइन यस्तो उत्तेजना आउदा अरु सधारण मान्छेले पनि आफ्नु नियन्त्रण गुमाउछ र हत्या गर्छ भन्ने अनुमान न्यायमूर्तिले गर्नु पर्दछ।

, अभियुक्त वास्तविक रिसको आवेगमा हुनु पर्दछ।  अभियुक्तको बनावटी रिस वा आवेक हुनुहुदैन।

,  उत्तेजित व्यक्तिको शान्त हुनको लागि पर्याप्त समय भएको हुनु हुन्दैन। यो विषयवस्तु र तथ्यमा आधारित हुन्छ।  यसमा उत्तेजनाको प्रकृति, उत्तेजकको अवस्था र अभियोग लागेको हत्यारा र पिडित अर्थात हत्या भएको व्यक्तिको पूर्व मनमुटाव पनि परिक्षण गर्नु पर्दछ।

, अभियुक्त वास्तविकरुपमा शान्त भएको वा उस्को उत्तेजना समाप्त भएको हुनु हुदैन।

वास्तविकरुपमा कुन समयमा उत्तेजना वा आवेगको शुरुवात हुन्छ भन्ने परिक्षणमा  विकसित पश्चिमा मुलुकहरुका अदालतहरुले गम्भिर कुटपिट, घातक हतियार प्रयोग, डरलाग्दो धम्की र आफ्नु श्रीमती वा श्रीमानको सुत्ने कोठामा वा ओछ्यानमा दोस्रो पुरुष वा महिलाको उपस्थिति रहनुलाई चरम उत्तेजनाको आधार लिएको पाइन्छ । श्रीमान र श्रीमतीको सामान्य मनमुटाव र सामान्य झै झगडालाई उत्तेजना मान्न नसक्ने अदालती फैसलाहरु देख्न सकिन्छ (Mullaney v. Wilbur (1975) 421 U.S. 684; People v. Rios (2000) 23 Cal.4th 450, 462.), People v. Thompkins, 240 Cal. Rptr. 516, 518-19 (Ct. App. 1987)

के आवेशप्रेरित हत्या पुष्टि हुनलाई वारदात मात्र पर्याप्त हुन्छ?

अवस्य पनि वारदात अर्थात घटना भएको अवस्थाको प्रमाणले  मात्र यो अपराध पुष्टि हन सक्दैन ।  कर्तव्य ज्यानबाट आवेशप्रेरित हत्यामा सजाय घटाउन वा संलग्न प्रमाणबाट अभियुक्तलाई सजायमा कम हुने देखेको वा न्यायमूर्तिलाई लागेमा वारदात पछिको अभियुक्तको आचरण र उसले गेरको  कृयाकलापको पनि अनुसन्धान गर्ने निकाय र न्यायमूर्तिले   हेर्नु अति जरुरी हुन्छ।  आवेगमा हत्या भएकोमा ज्यान मार्ने मनसाय आकर्षित हुदैन।  यो अवस्थाले सृजना गरेको घटना हो।  तसर्थ घटना पछि अभियुक्तले देहायका अवस्थाहरु  देखाएको हुनु पर्दछ।

१, आत्मा समर्पण गर्नु : जव अभियुक्तले आफ्नु इच्छा विपरित आवेगमा आएर कसैको हत्या गर्छ, उ पछुताउछ र असल नियतपुर्वक  उसले सम्बन्धित निकाय वा अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारी समक्ष आफै वा कसैको माध्यमबाट आफ्नु भएको सहि सलामद विवरण सहित उपस्थित हुन्छ वा जानकारी गराउँछ।

२, आत्मा हत्या गर्ने प्रयास: आवेशमा आएर घटेको घट्नामा अभियुक्तलाई ठूलो पछुतो हुन्छ र उसले आफु पनि हत्या गरिएको व्याक्तिसंगे मर्न तयार  हुन्छ। अभियुक्तलाई यति धेरै पछुतो हुन्छ कि अब बाच्न चहादैन। उसले आत्मा हत्या गर्न धेरै बाटोहरु खोज्न थाल्छ।

३, आत्मा हत्या :  आवेशमा आएर हत्या गरेको मृतक संगै उसले आत्मा हत्या गर्छ।  भरसक उसले हत्या गर्दा प्रयोग गरेको हतियार  वा औजारबाट नै उ मर्न चहान्छ र सोहि औजारबाट उसले आफ्नु हत्या आफै गर्छ।

४,   पागल भएर हिड्नु : अभियुक्तले यति धेरै पछुतो मान्छ कि उ सामान्य मान्छे जस्तो भएर बाच्न सक्दैन।  उसबाट अरु गम्भिर घटना हुन सक्ने सम्भावना धेरै हुन्छ।  घट्नामा उसको  मार्ने सम्मको  मनसाय नभएको, केवल सामान्य कुटपिट मात्र गर्ने मनसाय भएको तर  उसले सोचे भन्दा गम्भिर घटना घटेको कारणले उसको मानसिक अवस्था अति कमजोर हुन्छ र उ पागल भएर हिडेको देख्न सकिन्छ। स्वस्थानी कथामा उल्लेख भए अनुसार भगवान श्री महादेव र सतीदेवी दुबैको आवेशबाट सती देवीले दक्ष प्रजापतीको यज्ञमा देहत्याग गर्नु परेको थियो।  पछुतो स्वरुप श्री महादेवले सतीको मृत शरिर बोकेर कयौ दिन पागल जस्तो भएर हिडेको कथा हामीसंग साक्षी छ। भगवानको पालामा पनि आवेग र पछुतो दुवै देखिन्छ।

५, अभियुक्त फरार हुनु : जव योजनाविहिन तवरबाट हत्या हुन्छ र आवेशको कारण हत्या सम्मको घटना भए पछि अभियुक्तलाई कसरी अपराघबाट बच्ने भन्ने सोचको कारणले उ पलायन भएर बस्ने प्रयास गर्छ।  उसले आफ्नु नाम परिवर्त गर्छ।  खुल्ला सिमाना भए उ भागेर सिमाना बाहिर जान्छ र उ अर्को देशमा गायव हुन्छ।  अनुसन्धान गर्ने निकायले  उसको बस्ने ठाउँ ठेगाना पत्ता लगाएमा पक्राउ गर्न इन्टरपोलको सहयोग लिनु पर्ने हुन्छ।

तर अभियुक्तले माथी उल्लेखित व्यावहारहरु नदेखाई मृतकको लास लुकाई छिपाई अपराधबाट भाग्न उम्कन खोजेमा उसले गरेको अपराध मनसायपूर्वक गरेको मानिन्छ।फौज्दारी  कानूनको सिद्धान्तले उसले पहिलो स्तरको हत्या वा कर्तब्य ज्यान गरेको मान्नु पर्दछ।  यदि अभियुक्तले माथी उल्लेखित व्यावहार  नदेखाएमा उसले प्रस्तुत गरेका अरु प्रमाणहरु पनि  गौण हुन्छन्  

नेपालको फौज्दारी कानून अन्तर्गत अनुसन्धान गर्ने प्रकृया नै निष्पक्ष देखिदैन।  अनुसन्धान गर्ने निकायलाई अपराधमा धेरै दलाल वा सम्झौता गर्ने विकल्पहरु दिएको छ। नातावाद, कृपावाद, राजनीतिवाद र सम्पत्तिवादले नेपालको न्याय प्रणाली नै जोखिममा परेको देखिन्छ।   जसले अनुसन्धान गर्छ  उसैले मुद्धा दायर गर्नु नै आधा भन्दा धेरै न्याय हरण हुनु हो।  यो मेरो मात्र निष्कर्ष होइन पूर्व सभामुखको मुखरविन्दबाट समेत उद्घार भएको कुरा  हो।  कमन सिगल सिस्टम भएको अमेरिकी फौज्दारी न्याय प्रणालीमा प्रहरी र सरकारी न्याधिवक्ताले अनुसन्धान गरे पनि सम्पूर्ण प्रस्तुत प्रमाणको मूल्याङ्कन गरेर कुन अपराधमा मुद्धा चलाउने भन्ने निर्णय र अपराध अनुसन्धान गर्न जुरी आदेश अदालतले  दिन्छ।

न्यायधिसको  योग्यता र दक्षताको प्रश्न अवस्य होइन तर न्यायको लागि हेरिएको दृष्टिकोण, निष्पक्षता, बाध्यता, इमान्दारिता र नैतिकताको प्रश्न हो ।  न्याय दिने न्यायकर्मिले आँखामा पट्टि बाँधेर न्याय दिनु पर्छ।  न्याय अनुहार हेरर  होइन प्रमाण हेरर गर्नु पर्छ यहि नै न्यायमूर्तिको विशेषता र गहना हो। न्यायकर्मि र न्यायलयमा  आशंका भयो भने देशको अस्तित्व नै रहदैन। अन्तरास्ट्रिय जगतमा न्याय मरेको देश भन्नु अन्यथा नहुन सक्छ। न्यायकर्मिले प्रमाणको आधारमा  न्याय निष्पादनमा आफ्नु निष्पक्ष विवेक पनि  प्रयोग गर्न सक्छ तर कलङ्क र न्याय मर्ने विवेक प्रयोग गर्नु हुदैन।  हत्या जस्तो जघन्य अपराधमा न्यायधिस उदार हुनु पिडितले न्याय नपाउनु हो।

प्रतिक्रिया